भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट, १८ माघ– बेहुलीलाई सिन्दुर
हाल्नुअघि बेहुलाले धोती फेर्न
नमान्दा तेजापाकडमा एउटा बिहे नै भाँडिएको छ ।
बिहीबार राति बाराको कचोर्बाबाट आएका डेढ
सय जन्ती विवाहको आधाभन्दा बढी संकार सकेर
पनि बेहुलीबिनै फर्किए ।
धोती लगाउन नमनेको विषयमा विवाद चर्किदै
गएपछि बेहुलीपक्षले बेहुलालाई २४ घण्टा बन्धकमात्रै
बनाएन, विवहामा लागेको खर्चसमेत तिराएर रित्तै
फर्काइदियो ।
माघ १ गते विवाह छिनिएपछि दुवै पक्षले आ–
आफना सामाजिक र पारिवारिक हैसियतअनुसार
तयारी गरेका थिए । सम्पूर्ण काम रामैसित
भईरहेको थियो । बेहुला बेहुलीको जोडी र
पारिवारिक हैसियत मिलेको देखेर सबै खुसी नै थिए ।
तयारी पूरा गरेर बाराको कोचर्वा–८ का २१
वर्षीय दीपेन्द्र साह जन्तीसहित रौतहट तेजापाकड –
५ स्थित बेहुलीको घर पुगे । बेहुलीका बाबु कन्हाइ
साहले जन्तीलाई भब्य स्वागत गरे । रातिको बिहे
थियो । सम्पूर्ण कर्म वैदिक विधि र परम्परागत
संस्कारअनुसार चलिरहेको थियो ।
सिन्दुरदान गर्नुअघि बेहुलाले धोती लगाउनु पर्ने र
टाउकोमा गम्छा हाल्नुपर्ने संस्कार छ ।
बेहुलीको सिउँदोमा सिन्दुर हाल्नुअघि पुरोहितले
धोती लगाउने समय भएको बताए । बेहुली पक्षले
दीपेन्द्रलाई धोती लगाउन आग्रह गरे तर आफूले कहिल्यै
नलगाएको भन्दै उनले मानेनन् । बेहुलाले संकार मान्न
आनाकानी गरेपछि बेहुली पक्ष सशंकित भयो ।
विस्तारै विवाद बढ्न थाल्यो । बेहुली लिन
गएको बेहुलो आफैँ बन्धक बन्नुप¥यो ।
जाडो भएकोले छोरोले सुरुमा धोती लगाउन
अस्वीकार ग¥यो, तर
पछि जति भन्दा पनि बेहुली पक्षले मानेनन् ।
बेहुलाका बाबु अच्छेलालले भने,
‘घरको छतमा विवाहमण्डप बनाइएको र अत्याधिक
चिसो हावा चलेकाले उसले धोती लगाउन
नमानेको हुन सक्छ तर बेहुली पक्षले यसैलाई कारण बाएर
विवाद चर्काए ।
बेहुलीका बाबु कन्हाइ साहले भने बेहुलाले मण्डपमै घमण्ड
देखाए पछि आफूहरु सशंकित भएको बताए ।
0 comments:
Post a Comment