Home » » आईएसद्वारा जापानी पत्रकारको टाउको छेडेर हत्या....

आईएसद्वारा जापानी पत्रकारको टाउको छेडेर हत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

इस्लामिक बिद्रोही समूह आईएसले
आफ्नो कब्जामा रहेका अर्का जापानी नागरिक
केजी गोतोको शिर छेद्न
गरेको भिडियो सार्वजनिक गरेको छ ।
गत साता आफ्नो कब्जामा रहेका जापानी नागरिक
हारुना युकावाको शिर छेद्न
गरी हत्या गरेको केही दिनमा गोतोको हत्या गरेको
खुलासा भएको छ ।पेशाले पत्रकार समेत
रहेका गोतोको रिहाइका लागि जापान सरकारले
गरेको प्रयासलाई चुनौती दिंदै आईएसले
उनको हत्या गरेका छन् ।
यसअघि इस्लामिक लडाकु समूह आईएसले फिरौती रकम
नदिए आफ्नो कब्जामा रहेका दुई
जापानी नागरिकलाई मार्ने
धम्की दिएको थियो ।
मुकुण्डो लगाएका आईएस लडाकुले भिडियो मार्फत ७२
घण्टाभित्र २० करोड अमेरिकी डलर नदिए
कब्जामा रहेका दुइ जापानीको हत्या गर्ने
धम्की दिएको बीबीसीले जनाएको छ ।
मुकुण्डोधारी लडाकुले आईएस लडाकु विरुद्ध
उत्रिएका मुलुकलाई सहयोग गरेको भन्दै
जापानको आलोचना समेत गरेको छ ।
जापान सरकारले भने
भिडियोको आधिकारिकता पुष्टि गरिरहेको भन्दै
भिडियो सत्य भए त्यो माफी लायक नहुने
जनाएको थियो ।
पछिल्लो समय आफ्नो कब्जा रहेको बन्दीहरुलाई
आईएस मुख्य प्रोपोगाण्डाको साधन बनाउन
थालेको छ ।
इस्लामीक राज्यको माग गर्दै सशस्त्र संघर्ष
गरिरहेको आईएसले पूर्वी सिरिया, उत्तर र
दक्षिणी इराकको ठूलो भूभाग
आफ्नो नियन्त्रणमा लिएका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved