Home » » ओलीले भनेको दुई अर्ब पार्टीले खाएको छैन:- दाहाल

ओलीले भनेको दुई अर्ब पार्टीले खाएको छैन:- दाहाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, माघ १८ - एमाओवादीले एमाले अध्यक्ष
केपी शर्मा ओलीले भनेजस्तो संसद अवरोध हटाउन दुई अर्ब तीन करोड नलिएको स्पष्ट पारेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार
भएको पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष
पुष्पकमल दाहालले ओलीको आरोपको खण्डन गरेका हुन् । 'ओलीको आरोप वाहियात हो,' दाहालले भने,
'यसको प्रतिक्रिया दिन लाज लाग्छ ।'
दाहालले देशको ठेकदारजस्तो भएर ओलीले
बोलेको भन्दै असन्तुष्टि जनाए ।
दाहालले एमाओवादीले निरन्तर सदन अवरोध गरेर
असोज २२ गते पाँच बुँदे सहमति भएको उल्लेख गर्दै
द्वन्द्वकोक्रममा ज्यान गुमाएका सहिद
तथा बेपत्ता परिवारका लागि दुई लाखका दरले रकम
दिने सहमति पत्रमा लेखिएको स्मरण गराए ।
'एमाओवादीले खाएजस्तोगरी प्रचार गरिएको छ,'
उनले भने, 'त्यसो होइन, सहिद र
बेपत्ता परिवारका लागि दिने सहमति भएको हो ।'


Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved