Home » » केपी ओलीले काग चिन्न मद्दत गरे :-डा. बाबुराम

केपी ओलीले काग चिन्न मद्दत गरे :-डा. बाबुराम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१८ माघ, काठमाडौं । एकीकृत
नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम
भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको प्रतिवाद गरेका छन् ।
डा. भट्टराईले ओलीको भनाइलाई ‘कागले
आफ्नो नाम आफैं काढेको’ संज्ञा दिएका छन् ।
फाइल तस्वीर संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओलीको मौलिक आविस्कार नभएर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पुरानै जानेमाने सिद्धान्तको भद्दा सुगा रटाइ मात्र भएको डा. भट्टराईले बताएका छन् ।
डा. भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘कागले आफ्नो नाउँ आफैं काढेर सार्वसाधारणलाई काग चिन्न बेलैमा मद्दत गरेकोमा ओली महोदयलाई सबैले धन्यवाद दिनैपर्छ कि ?’
एमाले अध्यक्ष ओलीले शनिबार ५/१० अर्ब दिने हो भने संविधानसभा पनि खुल्ने र माओवादीले आन्दोलन
पनि नगर्ने बताएका थिए । एमाओवादी नेता भट्टराईले ओलीको नेतृत्वमा पार्टी कसरी तीव्र
गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने बुझ्न एमाले
नेताहरुलाई आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले शनिबार राजधानीमा आयोजित एक
कार्यक्रममा एमाओवादीलाई पैसामा बिक्ने
पामर्टी भन्दै १० अर्ब दिए आन्दोलन रोक्ने
दाबी गरेका थिए । ओलीले विगतमा २ अर्ब ३ करोड
रुपैयाँ शहीद तथा बेपत्ताका परिवारलाई राहत दिने
सहमति गरेपछि एमाओवादीले संसदका गरेको अवरोध हटेको ओलीले बताएका थिए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved