Home » » सहमतिमै सेक्स, पैसा थोरै दिएपछि बलात्कारको आरोपमा कुटिकुटी हत्या

सहमतिमै सेक्स, पैसा थोरै दिएपछि बलात्कारको आरोपमा कुटिकुटी हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारत
नागाल्याण्डमा बलात्कारको आरोपमा पुरुषको कुटीकुटी हत्या गरेको घटनाले
नयाँ मोड लिएको छ । बलात्कार
अभियोगमा हत्या गरिएको पुरुषले सहमतिमै यौन
सम्बन्ध राखेको तर पैसा थोरै दिएका कारण घटनाले
अर्कै रुप लिएको राज्य सरकारको रिपोर्ट छ ।
नागाल्याण्डको दीमापुरमा गत
साता भएको घटनाका बारेमा केन्द्र सरकारलाई
रिपोर्ट पठाउँदै राज्य सरकारले आसाम
करीमगञ्जका शरिफ खानमाथि बलात्कारको आरोप
लगाउने युवतीलाई बलात्कार गरेको नभई
सहमतिमा यौन सम्बन्ध राखेको उल्लेख छ ।
युवतीले आफ्नो खुसीले उनीसँग गएर यौन सम्बन्ध
राखेकी थिइन् । तर, धेरै
पैसा मागेपछि झगडा परेको थियो । त्यसलगत्तै
युवतीले बलात्कारको आरोप लगाउँदै
प्रहरीमा उजुरी दिएकी थिइन् ।
युवतीको उजुरीको आधारमा पक्राउ
परेपछि पनि खानले आफूले ती युवतीसँग सहमतिमा २
पटक यौन सम्बन्ध राखेको र ५ हजार
रुपैया दिएको बताएका थिए । २४
फेब्रुअरीमा गिरफ्तारपछि दीमापुर
जेलमा रहेका उनलाई जबरजस्ती बाहिर निकालेर कुटेर
क्रुरतापूर्वक हत्या गरिएको थियो ।
युवतीले सहमतिमै यौन सम्बन्ध
राखेको खुलासा भएपछि कुटपिट र हत्यामा संलग्न ४७
जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved