Home » » इटालीमा पर्‍यो विश्व रेकर्ड राख्ने हिउँ....

इटालीमा पर्‍यो विश्व रेकर्ड राख्ने हिउँ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

इटालीको क्याप्राकोटा सहरमा १८ घण्टामा १ सय दशमलव ८ इन्च हिउँ परेको छ। इटालीको मौषम सम्वन्धी जानकारी दिने मेट्रोवेभका अनुसार अन्तराष्ट्रिय मौषम विभागले यसको प्रमाणीत गरेमा छोटो समयमा यती धेरै हिउँ परेको यो विश्व रेकर्ड हुने छ।

रोमभन्दा तीन घण्टाको दूरी पूर्वमा पर्ने दुर्गम क्याप्राकोटा क्षेत्र अहिले हिंउले डुबेको छ।सरकाले आधिकारीक रूपमा भने यसको पृष्टि गरेको छैन। तर, स्थानीय टेलिभिजन, ट्वीट तथा फेसवुकमा सार्वजनिक गरीएका फोटोहरूमा यो विश्व रेकर्ड बन्न सक्ने दाबी गरीएको छ।

यदी सरकारले पुष्टि गरको खण्डमा यो विश्व रेकर्ड हुन्छ। सन् १९२७ को फेव्रुअरीमा जापानमा ९० दशमलव ६ इन्च हिउँलाई अहिलेसम्मको विश्व रेकर्ड मानिएको छ।अमेरीकाको कोलोराडोमा पनि सन १९२१ मा २४ घण्टामा ७५ दशमलव ८ इन्च हिउँ परेको रेकर्ड कोलोराडाको क्लाइमेट सेन्टरले सार्वजनिक गरेको थियो।

इटालीको टेलीभिजन टी जी आरका अनुसार हिमपातले गाडीहरू पुरिएका छन्। साना घरहरु आघा भन्दा बढी हिउंमा डुवेका छन्। कार्यालय तथा बजार पूर्णरुपमा बन्द छन्। मानिसको आवतवाजत ठप्प छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved