Home » » आफ्नै होटलमा बसेकी युवतीलाई मारेर फ्याँक्न खोज्ने सञ्चालिका प्रहरी फन्दामा....

आफ्नै होटलमा बसेकी युवतीलाई मारेर फ्याँक्न खोज्ने सञ्चालिका प्रहरी फन्दामा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी
सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति
एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ
गरेको छ ।
विर्तामोड निवासी मृतक युवती २० वर्षीया
मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै
आएकी थिइन् ।
हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले
हत्यामा संलग्न रहेको आशङ्कामा होटेल
सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज
तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि
राति नै पक्राउ गरिसकेको छ ।
ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या
गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी
बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ
गरेको प्रहरी जनाएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved