Home » » काठमाडौ केन्द्र बनाएर १२ भूकम्पको झड्का राति निदाएकाहरु पनि बाहिर निस्किए...

काठमाडौ केन्द्र बनाएर १२ भूकम्पको झड्का राति निदाएकाहरु पनि बाहिर निस्किए...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१६ जेठ, काठमाडौ । वैशाख १२ को विनाशकारी
महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका
छन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र
पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन
। काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भविदहरुले
बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास
रहेको देखिन्छ ।
भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि
राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन
नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर
पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो ।
शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ
नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको
थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित
बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए
पनि ठूलै झड्का दिएपछि राती नै
काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए ।
वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प
गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२
वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved