Home » » सुशीलपछि केपी स्वतः प्रधानमन्त्री – प्रचण्ड

सुशीलपछि केपी स्वतः प्रधानमन्त्री – प्रचण्ड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
संविधान जारी हुने वित्तिकै केपी ओली स्वतः
प्रधामन्त्री हुने बताएका छन्।
बुधबार राति बीबीसी नेपाली सेवासँगको
कुराकानीमा अध्यक्ष प्रचण्डले सहमतिबाट संविधान
जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले
राजीनामा दिएको अवस्थामा ओली नै
प्रधानमन्त्रीका दाबेदार हुने बताएका हुन्।
केपीजीलाई प्रधानमन्त्री बनाउन हामीले
औपचारिक निर्णय गरेका छैनौ, उनले भने, पहिलो ठूलो
पार्टीले सरकार छाडेपछि दोस्रो ठूलो नेताको
हैसियतमा उहाँका लागि प्रधामन्त्री बन्ने बाटो
खुल्ला छ। ओलीलाई कुनै बेला ‘पागल’ भनेको प्रसंगमा
ओलीले राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै
अहिले परिस्थिति अर्कै भइसकेको दाबी गरेको
अन्नपूर्ण पोस्टमा खबर छ।
राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन।
ओलीजीले हाम्रोबारे गरेको टिप्पणीको जबाफमा
मैले पागल भनेको थिएँ, प्रचण्डे भने, अब संविधान
बनाएर मुलुकलाई आर्थिक उन्नतितर्र्फ लैजान विगतका
तिता भुल्न राजनीतिक एकता जरुरी छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved