Home » » मोदीको बोलीले पाकिस्तान क्रुद्ध, संसदमा मोदीविरुद्धको प्रस्ताव पारित

मोदीको बोलीले पाकिस्तान क्रुद्ध, संसदमा मोदीविरुद्धको प्रस्ताव पारित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बर्मा भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले दिएको अभिब्यक्तिप्रति पाकिस्तानले
गम्भिर आपत्ति जनाएको छ । पाकिस्तानको
सिनेटले मोदीले बोलेको कुराको विरोधमा एक
प्रस्ताव नै पारित गरेको त्यहाँका सञ्चार माध्यमले
जनाएका छन् ।
मोदीले ढाकामा बोल्दै पाकिस्तानले
आतंकबादलाई संरक्षण दिन बन्द गर्नु पर्ने बताएका
थिए ।
मोदीको बोलीलाई पाकिस्तानले खतरनाक भनेको
छ । भारतीय नेतृत्वबाट आएको यस प्रकारको
अभिब्यक्तिलाई गैरजिम्मेबार भन्दै पाकिस्तानी
प्रधानमन्त्री नवाज शर्रीफले आफ्नो देशको हित
रक्षा गर्न जुनसुकै कदम चाल्ने बताएका छन् ।
पाकिस्तानका दुवै सदनबाट मोदीको बोलीलाई
निन्दा गरिएका प्रस्ताव पारित भएका छन् ।
त्ससैगरी भारतीय सेनाले बर्मामा गरेको सैन्य
कारवाहीको पनि पाकिस्तानले विरोध गरेको छ ।
प्रधानमन्त्री नवाज शर्रीफले भारतको ब्यवहारले
शान्तिपूर्णरुपमा समाधान खोज्ने पाकिस्तानी
प्रयास निराशामा परेको समेत बताएका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved