Home » » शरीरमा मालिस गराएर बालिका बलात्कार गर्ने प्रणामी धर्मगुरुलाई बचाउन नयाँ प्रपञ्च

शरीरमा मालिस गराएर बालिका बलात्कार गर्ने प्रणामी धर्मगुरुलाई बचाउन नयाँ प्रपञ्च

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापा, १४ साउन । प्रणामी धर्मगुरु मोहनानन्द
सुवेदीलाई माथिल्लो न्यायालयबाट बचाउन नयाँ
प्रपञ्च सुरु भएको छ । झापा जिल्ला अदालतले ६ वर्ष
कैद र ५० हजार जरिवाना तोकेको धर्मगुरुलाई
बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो ।
कनकाई नपा सुरुङ्गास्थित एक आश्रममा ३ वर्षदेखि एक
बालिकालाई बलात्कार गर्दै आएको सार्वजनिक
भएपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ
गरेको निकै दिनपछि मात्र झापा जिल्ला अदालतले
दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय सुनाएको थियो ।
शरीरमा मालिस गर्न लगाउने र बलात्कार गर्ने
बालिकाले इप्रका बिर्तामोडमा दिएको निवेदनमा
उल्लेख थियो ।
धर्मगुरु पक्राउ हुनासाथ प्रणामी समुदाय उनलाई
बचाउन विभिन्नखाले क्रियाकलापमा सक्रिय भए
पनि अदालतले सजाय सुनाएको हो । मेची अञ्चल
अस्पतालको स्वास्थ्य परीक्षण, जिल्ला प्रहरी
कार्यालय झापाको अनुसन्धानपछि ६ वर्षको सजाय
सुनाएको बताइएको छ । यतिबेला प्रणामी धर्मगुरु
जिल्ला कारागार झापामा सजाय भुक्तान
गरिरहेका छन् । पीडित बालिकालाई प्रभावित
बनाएर मुद्दालाई तहसनहस बनाउन जुटेका एकखाले
प्रणामी समुदायले बालिकालाई अपहरण शैलीमा
विभिन्न स्थानमा पुर्याएका थिए । उनीहरु धर्मगुरु
दोषी नभएको भन्दै बृहत प्रचारमा समेत लागेका थिए

यता त्यति नै संख्यामा प्रणामी समुदाय धर्मगुरुलाई
स्वच्छ ढंगबाट अनुसन्धान गरी दोषी ठहरिए
कारबाही गर्नुपर्छ भन्ने ठाउँमा उभिएका थिए ।
झापामा धर्मगुरुको विषयलाई लिएर प्रणामी
समुदाय विभाजित समेत भएको थियो । अदालतले कैद
सजाय सुनाएपछि यतिबेला पुनरावेदन पुगेर न्याय
पाउने आशामा एकथरी लागेको समाचार स्रोतले
जनाएको छ ।
श्रावण १३ गते बालिकाले पूर्वी नाका
काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै धर्मगुरुलाई
फसाइएको र आफूलाई मानसिक तनाव दिएको बताइन्
। बालिकालाई पटकपटक प्रभावित बनाउन आर्थिक
चलखेल समेत हुनसक्ने प्रणामी समुदायका केही अगुवा नै
स्वीकार गर्छन् । पीडित भनिएकी बालिकाका
आश्रममा बस्नुभन्दा अगाडि उनको दिदी बसिसकेकी
थिइन् । पत्रकार सम्मेलनमा बालिकाले दिदी र
भिनाजुको कारण आफूले गुरुलाई आरोप लगाएको
दवाबपूर्ण स्वर सार्वजनिक गरेकी छिन् ।
नेपालका विभिन्न स्थान र भारतमा समेत
बालिकालाई राखेर मुद्दालाई प्रभावित बनाउन
लाग्नेले जिल्ला अदालत झापाको निर्णयपछि
पुनरावेदन जाने निष्कर्ष निकालेका छन् । आफ्नै
लगानीमा आश्रम चलाउँदै आएका धर्मगुरु सुवेदी
प्रशंसित व्यक्ति भएपनि उक्त काण्डपछि झापामा
प्रणामी समुदाय नै लज्जित बनेका छन् । पैसाको
कारोबारले गर्दा दिदीहरुले आफूलाई फसाएको
बालिकाले बताएपनि पीडितकी आमाले
अधिकारकर्मीसँग फोन सम्पर्कमा पैसा दिएर ढोगी
रहेको जानकारी गराइरहेकी थिइन् (मोबाइल रेकर्ड
सुरक्षित छ) पुनरावेदन अदालतमा न्यायका लागि
जान तयारी गरिरहेका गुरु पक्षधर प्रणामीले
मुद्दालाई प्रभावित बनाउन यस्तो चालबाजी रच्दै
बच्चालाई पत्रकार सम्मेलनको वातावरण सिर्जना
गरिदिएको स्रोतको दाबी छ ।
यता अधिकारकर्मीले भने बालिकालाई त्यस्तो
झुटो बोल्न लाउने दिदी भिनाजुलाई हदैसम्मको
कारबाही गरिनुपर्ने बताउँछन् । एक अधिकारकर्मी
भन्छन्–‘दोषी ठहरिएर अदालतले सजाय तोकेको हो,
बालिकाले बयान दिने क्रममा केही भित्री कुरा
भनेकै हुन् ।’
अदालतमा बयानका क्रममा बालिकाको हाइमन
च्यातिएको र धर्मगुरुको लिङ्गमा समेत सोही
अनुसारको दख्खल भएको मेडिकल रिपोर्टले स्पष्ट
बनाएको छ । धर्मगुरुलाई हदैसम्म बचाउन लागेकाहरुले
अझै फसाएको भन्दै प्रचार गर्ने गरेका छन् भने धेरैले
धर्मको खोल ओढेर यस्तो कर्तुत गर्नेहरु बढ्दै गएको
बताउँछन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved