Home » » भ्रष्टाचारको आरोपमा एक वरिष्ठ सैनिक अधिकृत निलम्बनमा

भ्रष्टाचारको आरोपमा एक वरिष्ठ सैनिक अधिकृत निलम्बनमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ,१६ साउन। पछिल्लो समय चीनमा
भष्टाचारको आरोपमा २५ भन्दा बढी नेता
कारबाहीमा परिसकेका छन् ।भ्रष्टाचारको
आरोपमा चीनका एक वरिष्ठ सैनिक अधिकृत
निलम्बनमा परेका छन् । चीनका वरिष्ठ सैनिक जनरल
कुओ पोसियांगलाई घुस लिई पदको दुरुपयोग गरेको
आरोपमा पदबाट निलम्बन गरिएको चिनियाँ
अधिकारीहरुले जनाएका छन् ।सन् २००२ देखि सन् २०१२
सम्म चीनका केन्द्रिय सैनिक कमिशनका उपाध्यक्ष
समेत रहेका जनरल कुओ कम्युनिष्ट पार्टीका
पोलिटब्युरो सदस्यसमेत हुन् । यसअघि सैन्य अधिकृतकै
रुपमा रहेका कुओका छोरालाई पनि भष्टाचारको
अभियोगमा पक्राउ गरिएको थियो । चीनका
राष्ट्रपति सी जिनपिंगले आफ्नो देशमा
भ्रष्टाचारविरुद्ध सशक्त अभियान जारी रहेको
जानकारी दिँदै कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति
पाउन नसक्ने बताएकाछन् । उनले सेनामा रही
भ्रष्टाचार गर्दा सेनाको क्षमतामा समेत असर पर्ने
भन्दै सेनाभित्र उचित छानबिन भइरहेको बताए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved