Home » » श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै विदेशबाट आएर छिमेकीको हत्या....

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै विदेशबाट आएर छिमेकीको हत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बर्दिया, १७ साउन– बर्दियामा एक व्यक्तिले
श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा
छिमेकीको हत्या गरेका छन् ।
गोला–७ का श्याम केसीले कुखुरी प्रहार गरी
छिमेकी ३५ वर्षीय गंगाधार चोलागाईंको शनिबार
राति हत्या गरेका हुन् ।
चौलागाईंको शव घर नजिकै बाटोमा फेला परेको
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी
गोविन्दराम परियारले जानकारी दिए । घटनापछि
फरार केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट केसीले प्रहरीलाई सम्बोधन
गरी लेखेको पत्र फेला पारेको छ ।
केसीले पत्रमा वैदेशिक रोजगारीमा रहेका बेला
चौलागाईंले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध
राखेको र विदेशबाट पठाएको रकमसमेत लिएकाले
हत्या गरेको उल्लेख गरेका छन् ।
यस्तै पत्रमा केसीले आफ्नो खोजी नगर्न आग्रह गर्दै आफैं
प्रहरीमा उपस्थित हुने जानकारी गराएका छन् ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका
सिलसिलामा कतार गएका केसी चार दिनअघि
मात्र घर फर्केका थिए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved