Home » » आमिरलाई अफर गरिएको थियो ‘बजरंगी भाइजान’

आमिरलाई अफर गरिएको थियो ‘बजरंगी भाइजान’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई, श्रावण २२ - कबीर खानले निर्देशन गरेको
सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ हेरेर
आमिर खानले आफू रोएको बताएका थिए । अहिले
उनको त्यो रुवाई फिल्म मन परेर मात्र नभई, आफ्नै
भूलका कारण पनि थियो कि भनेर सोध्न थालिएको
छ ।
फिल्मसम्बद्ध स्रोतलाई हवाला दिँदै एजेन्सीहरुले
दिएका समाचार अनुसार यो फिल्म पहिले आमिर
खानलाई अफर गरिएको थियो । समाचार अनुसार
फिल्मका लेखक केभी विजयेन्द्र प्रसाद (प्रसाद
बाहुबलीका लेखक हुन् भने यसका निर्देशक एसएस
राजामौलीका पिता हुन्) ‘बजरंगी भाइजान’को
स्क्रिप्ट लिएर आमिर समक्ष पुगेका थिए । आमिरले
फिल्म अलि धेरै राजनीतिक भएको प्रतिक्रिया
दिएर केही परिवर्तनको माग गरे । प्रसादले उनको
माग अस्विकार गरे ।
आमिरले नमानेपछि प्रसाद राकेश रोशन–ऋत्विक
रोशनसमक्ष पुगे । रोशनहरुले स्क्रिप्टको मूल्य बढी
भएको बताए । प्रसादले स्क्रिप्टको २ करोड भारु
मागेका थिए । ऋत्विकले फिल्म मन पराए पनि
मूल्यका कारण निर्णय नदिइरहेका बेला सलमान
खानले यसका बारे सुने । उनले तुरुन्त लेखकलाई बोलाए र
स्क्रिप्ट सुने । उनले स्क्रिप्ट मन पराए र लेखक विजयेन्द्र
प्रसालाई तुरुन्तै ५० लाख साइनिङ अमाउन्ट बुझाए ।
यसरी आमिर र ऋत्विकले बेलैमा बुद्धी नपुर्याउँदा
बक्स अफिसमा रेकर्ड तोडिरहेको फिल्म सलमानले
पाएका थिए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved