Home » » सभामुख र उपराष्ट्रपतिमा एमाओवादी दाबी

सभामुख र उपराष्ट्रपतिमा एमाओवादी दाबी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आश्विन २५, २०७२-
एमाओवादीले सभामुख र
उपराष्ट्रपति आफूले लिने गरी एमालेसँग
सहमति भएको जनाएको छ । यसका साथै
उपप्रधान र गृहसहित कम्तीमा ८
मन्त्रालय लिने सहमति भएको सचिव
वर्षमान पुनले जानकारी दिए ।
एमाओवादीबाट कृषिमन्त्रीका रुपमा
हरिबोल गजुरेलले सोमबारै सपथ
लिइसकेका छन् । कृषि र गृहबाहेक
एमाओवादीले अरु कुनकुन मन्त्रालय पाउने
भन्ने टुंगो भइसकेको छैन । प्रधानमन्त्री
तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग
सत्ता समीकरणबारे छलफल गर्न अध्यक्ष
पुष्पकमल दाहाल सोमबार बालकोट पुगे
पनि अन्य मन्त्रालयबारे टुंगो
लागिसकेको छैन । मन्त्रालयबारे
मंगलबार छलफल गरी टुंगो लगाउने सहमति
भएको छ ।
सभामुखमा एमाओवादीले महासचिव
कृष्णबहादुर महरालाई अघि बढाउने
स्रोतले बतायो । यसअघि राष्ट्रपतिको
दाबी गरिरहेको एमाओवादी सभामुख र
उपराष्ट्रपति लिन सहमत भएको हो ।
उपराष्ट्रपतिको उम्मेदवारबारे भने टुंगो
लागिसकेको छैन । ‘राष्ट्रपति को बन्छ,
त्यसआधारमा उपराष्ट्रपतिको टुंगो
गरिनेछ । राष्ट्रपति पुरुष भए
उपराष्ट्रपतिमा महिला उम्मेदवार
दिनुपर्यो । समावेशी पनि बनाउनुपर्यो,
त्यसैले पछि तय गरिन्छ,’ एक शीर्ष नेताले
भने ।
महासचिव महरालाई सभामुखमा पठाउने
भएपछि पार्टीबाट सरकारको नेतृत्व
बरिष्ठ नेता बाबुराम भट्टराई पार्टीमा
छँदा उनका ‘खास’ मानिएका सचिव
टोपबहादुर रायमाझीले गर्ने भएका छन् ।
उनले उपप्रधानसहित गृहमन्त्रीको
जिम्मेवारी लिनेछन् । तर गृहमा स्थायी
समिति सदस्य शक्ति बस्नेतको पनि
दाबी रहेकाले उनले फरक मन्त्रालयमा
चित्त बुझाउने अवस्था आउन सक्छ ।
किनकि, अध्यक्ष दाहाल पनि आफूनिकट
बस्नेतलाई गृहमन्त्री बनाउन चाहन्छन् ।
एमाओवादी उच्च राजनीतिक स्रोतका
अनुसार रायमाझी, बस्नेत र गजुरेलबाहेक
नन्दकिशोर पुन, अग्नि सापकोटा र राम
कार्कीमध्ये एक, महिलाबाट ओनसरी
घर्ती वा रेखा शर्मा, मधेसी
समुदायबाट शिव मण्डल, उमेश यादव र
सुरेन्द्र जयसवालमध्ये एक, थारु समुदायबाट
गौरीशंकर चौधरी र सन्तकुमार थारुमध्ये
एकलाई मन्त्री बनाउने तयारी छ ।
यीमध्ये उपाध्यक्ष नारायणकाजी
श्रेष्ठनिकट अनुहार कुनै छैनन्, सबै अध्यक्ष
दाहालनिकट हुन् । पद त्यागेका
भट्टराईनिकट कार्की पनि एक वर्षदेखि
अध्यक्ष दाहालतिरै लागेका छन् ।
एमाओवादीले मन्त्री बनाउने तयारी
गरेकामध्ये पूर्व लडाकु कमाण्डर पुन सांसद
छैनन् । तर उनले मन्त्री नपाए पार्टी
त्याग्ने चेतावनी दिएपछि
मन्त्रिपरिषदबाट मनोनीत गरी सांसद
बनाएर भए पनि मन्त्री बनाउने तयारी
भएको एक नेताले बताए । सरकारले
मनोनीत गर्ने २६ सांसदमध्ये २४ मात्र
मनोनीत गरेको छ । ‘बाँकी रहेको २ वा
पार्टीबाट यसअघि मनोनीत कसैलाई
फिर्ता बोलाएर भए पनि उहाँलाई
सांसद बनाउने कुरा भएको छ,’ स्रोतले
भन्यो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved