Home » , » चीनले बनायो १४ सय किलोमिटर लामो कृतिम नदी(फोटोसहित)

चीनले बनायो १४ सय किलोमिटर लामो कृतिम नदी(फोटोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बिश्वलाई चकित पार्नेगरी आर्थिक प्रगति गरिरहेको छिमेकी मुलुक
चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप
आश्चर्यमा पारेका छ ।
चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ
लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न
थालिएको छ ।
११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित
नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ ।
यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक भाग मानव निर्मित
नदीतर्फ फर्काइएको छ । १५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने
बताइएको छ ।
नदी जोडने ‘साउथ-नर्थ वाटर डिभिजन प्रोजेक्ट’का लागि चीन
सरकारले ८१ अर्ब अमेरिकी डलर छुट्टाएको छ । यस अन्र्तगत
तीनवटा मानवनिर्मित नदी बनाइने छ । पूर्वी खण्डमा अघिल्लो बर्ष
नै पानी बग्न सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु
भएको छ ।
यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३
अर्ब अमेरिकी डलर खर्च गरिएको छ । परियोजनाका कारण
विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई अन्यत्र
सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष
खानेपानी पुर्याउने छ ।
मानव निर्मित नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ
परियोजनामध्ये पर्दछ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved