भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नारी प्रधान चलचित्र बनाउन अग्रसर हुने
नायिका हुन्, रेखा थापा । नारीलाई हुने
गरेका शोषण र अन्यायलाई पर्दामा उतार्न
अगाडि देखिन्छिन् रेखा । रेखा थापाले अभिनय
गरेको चलचित्र ‘तथास्तु’ पौष २५
गतेबा प्रदर्शनमा आउने क्रममा छ ।
जसमा पनि रेखाको भूमिका नारी केंद्रित छ । तर,
रेखालाई लाग्छ, यो समाजमा पुरुष र नारी दुबै
शोषित भएका छन् । रेखा चलचित्र क्षेत्रमा लागेर
आफूले शोषणको अनुभुती कहिल्यै नगरेको तर्क गर्छिन् । उनलाई लाग्छ, आफूसँग खुबी छ भने कसैसँग पनि गुहार माग्नु पर्दैन । ‘जब कुनै नारीमा खुबी हुँदैन, तब उ अरुको अगाडि झुक्छे’ रेखाले भनिन् । आफूलाई कुनै काम गर्नु पर्यो र आफूसँग त्यो खुबी छैन भने कसैलाई ढोग्नु पर्छ, रेखाले भनिन् । रेखाले आफ्नो स्वभाव बताउँदै भनेकी छिन्–‘मलाई स्कुलमा कसैले हेर्दा पनि उसलाई ट्वाइटेलमा लगेर कुट्थ्ये ।’ चलचित्र क्षेत्रमा दक्ष भएर
आउने कुनै पनि नारीले शोषित हुनु नपर्ने उनको वुझाई
छ । रेखाका अनुसार उनले सम्बन्ध बिच्छेद
गर्दा श्रीमानबाट कुनै सम्पत्ती लिएकी छैनन् । रेखाले
दाबी गर्दै भनिन्–‘म नेपालको पहिलो महिला हुँला,
जसले सम्बन्ध बिच्छेद गर्दा कुनै सम्पत्ती नलिई
श्रीमानको घर छोडेकी छु ।’एन्टेना फाउन्डेशनसँग
कुरा गर्दै रेखाले यसो भनेकी हुन् ।

0 comments:
Post a Comment