Home » » डिभिजन दुईका लागि प्रवेशाज्ञा शुल्क आई.सी.सी.को

डिभिजन दुईका लागि प्रवेशाज्ञा शुल्क आई.सी.सी.को

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)
भित्रको विवादका कारण आइसिसी डिभिजन दुई
प्रतियोगितामा सहभागी हुने
नेपाली टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट
काउन्सिल (आइसिसी) ले नै
टिकटको व्यवस्था गरिदिएको छ। क्यानका अनुसार
१४ खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक,
फिजियो र एनालिस्ट गरी १७
जनाको लागि टिकटको व्यवस्था आइसिसीले
गरेको छ।
नेपाली टोलीका लागि डिभिजन
दुईमा सहभागी हुन टिकटको व्यवस्था आफूले
गरिसकेको पत्र आइसिसीले मंगलबार नै
क्यानमा पठाएको जानकारी क्यानकी प्रमुख
कार्यकारी अधिकृत भावना घिमिरेले दिइन्। उनले
जनवरी २ मा दक्षिण अफ्रिकासम्म जान आइसिसीले
टिकटको व्यवस्था गरिदिएकाले डिभिजन
दुईमा नेपालको सहभागिता निश्चित भएको बताइन्।
विगतमा भने क्यानले नै टिकट बुकिङ
गरेपछि आइसिसीले रकम उपलब्ध गराउने गरेको थियो।
प्रतियोगितामा नामिबिया हुने भए पनि नेपालले
करिब १५ दिन दक्षिण अफ्रिकामा प्रशिक्षण गर्ने
भएको छ।
जनवरी १७ देखि २४ तारिखसम्म हुने उक्त
प्रतियोगिताका लागि क्यानले १८ सदस्यीय
प्रारम्भिक टोलीको घोषणा यसअघि नै
गरिसकेको छ। अन्तिम १४ सदस्यीय
टोलीको घोषणा हुन भने बाँकी छ।
युवा तथा खेलकुद मन्त्रालयले क्यानको निर्वाचित
कार्यसमितिलाई निलम्बन गरेर कात्तिक २० गते
पूर्वअध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा तीन
सदस्यीय तदर्थ समिति बनाएको थियो।
उक्त समितिको उपाध्यक्षमा श्रीहर्ष कोइराला र
महासचिवमा रमेश सिलवाल छन्। सुरुमा निलम्बन
भनिए पनि पछि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम
पौडेलले निलम्बन नभएर विघटन भएको बताएका थिए।
सरकारले कानुनविपरीत संघ विघटन गरेको दाबीसहित
विघटित क्यानका पदाधिकारीले सर्वोच्च
अदालतमा दायर गरेको रिटमा अदालतले अन्तरिम
आदेश जारी गरेपछि अहिले पुरानै कार्यसमितिले
क्यानको दैनिक कार्य सञ्चालन गर्दै आएको छ।
प्रशासनिक कार्यको जिम्मेवारी भने
क्यानकी सिइओ घिमिरेको नेतृत्वमा हुँदै आएको छ।
अन्तरिम आदेश जारी भएपछि खुला भएको यती बैंक र
इन्भेस्टमेन्ट
बैंकमा रहेको क्यानको खाता युवा तथा खेलकुद
मन्त्रायलको पत्राचारपछि पुन: बन्द भएको छ।
खाता बन्द भएपछि क्यानले क्रिकेटको गतिविध
सञ्चालन गर्न सकेको छैन।
क्यानमा आइसिसी र एसियाली क्रिकेट काउन्सिल
(एसिसी) बाट प्राप्त हुने अनुदान इन्भेस्टमेन्ट
बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
खाता बन्द गरिएको विषयमा विघटित
क्यानका पदाधिकारीले सर्वोच्च अदालतमा पुन:
मानहानिको मुद्दा दर्ता गरेका छन्।
खाता बन्द भएपछि डिभिजन
दुईमा खेलाडीको सहभागिताका लागि प्रवेशाज्ञा
जम्मा गर्न समेत समस्या देखिएको थियो। प्रमुख
कार्यकारी अधिकृत घिमिरेका अनुसार खेलाडी र
विभिन्न व्यक्तिसँग सापटी मागेर प्रवेशाज्ञा शुल्क
जम्मा गरिएको छ।
यसैबीच नेपाली क्रिकेट टोलीलाई शारीरिक
अभ्यास गराउन भारतबाट आएका 'फिजिकल ट्रेनर'
वासिम अन्सारीले मंगलबार खेलाडीसँग छलफल
गरी आफ्नो कार्य थालनी गरेका छन्। उनले जनवरी १
तारिखसम्म नेपालको राष्ट्रिय टोलीलाई
फिजिकल ट्रेनिङ दिनेछन्।
टोली दक्षिण अफ्रिका जाँदा भने
श्रीलंकाली फि जियो जानका इदिरे सिंघे
नेपाली टोलीमा सहभागी हुनेछन्।
यसैगरी नेपाली टोलीलाई अभ्यास गराउन
श्रीलंकाबाट दुईजना प्रथम श्रेणीका बलर पनि बुधबार
नेपाल आइपुग्ने भएका छन्। नेपाल आउने
बलरमा रुविन्डा सामिन र राजिन प्रियन छन्। २३
वर्षीय सामिन बायाँ हाते र २६ वर्षीय प्रियन
दायाँ हाते तेज बलर हुन्।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved