Home » » नयाँ वर्षमा बाँधिदैछन् रणबीर– कट्रिना ?

नयाँ वर्षमा बाँधिदैछन् रणबीर– कट्रिना ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नयाँ दिल्ली – नयाँ वर्ष २०१५ को आगमनसँगै
बलिउडका चर्चित कलाकार रणबीर कपुर र
कट्रिना कैफको सम्बन्धमा नयाँ अड्कलबाजी सुरु
भएको छ । नयाँ वर्षको अवसर पारेर उनीहरुले
‘इन्जेगमेन्ट’ गर्ने योजना बनाएको केहि भारतीय
सञ्चारमाध्यमले जनाएका छन् ।
कट्रिनाको परिवारसँग सन् २०१५ को नयाँ वर्ष
मनाउने सोच बनाइरहेका रणबीर कपुरले
त्यहि दिनमा नै आफ्नी प्रेमिका कट्रिना कैफसँग
इन्गेजमेन्ट गर्ने अडकलबाजी गरिएको छ । सन् २०१५
को सुरुमा नै इन्गेजमेन्ट भएपनि उनीहरुको विवाह भने
सन् २०१६ मा मात्र हुने बुझिएको छ ।
विवाहको लागि निकै हतार
गरिरहेकी रणबीरकी आमा नितु कपुरको इच्छालाई
सम्बोधन गर्दै उनले यो वर्ष इन्गेजमेन्ट गरेर अर्को वर्ष
विवाह गर्ने योजना बनाएको उनको पारिवारिक
श्रोतले बताएको छ ।
यता कट्रिनाकी आमा पनि छोरीको इन्गेजमेन्टको तयारीमा जोडतोडका साथ
लागिपरेको बुझिएको छ । (एजेन्सी)

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved