भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पूस १, ताप्लेजुङ / सार्वजनीक सवारी दुर्घटना रोक्नका निमित्त नेपाल सरकारले सवारी साधनहरुमा ल्याएको कडा नीतिको बिरुद्ध पूर्वमा यातायात मज्दुरहरु आन्दोलित बनेका छन । पूर्वका १६ जिल्लाका यातायात मज्दुरहरुले आन्दोलन
अन्र्तगत आज बिहानै देखि पूर्वमा यातायातका साधनहरु ठप्प बनाएको छन । सरकारले
बढदो सवारी दुर्घटना न्युनिकरणका लागि म्याद
गुज्रिएका सवारी साधन तथा इञ्जिन पुराना र
थोत्रा भएका साधनहरुलाई सडकमा गुडाउन नदिने
घोषणा गरेको बिरोधमा पूर्वमा आधादर्जन
बढी यातायात ब्यवसायीहरुको संगठनले बिरोध
स्वरुप मंगलवार बिहानैदेखी पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी , मोरङ्ग, धनकुटा , भोजपुर , तेह«थुम लगायतका जिल्लाहरुमा यातायातका साधनहरु ठप्प बनाएका छन ।
यातायात मज्दुरहरुले सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन अन्यथा १ लाख सवारी साधनहरुको लाइसेन्स सरकारलार्य बुझाउने र गाडिको चावी मालीकलाई जिम्मा दिएर
सडकमा उत्रने चेतावनी दिएका छन । सरकारले दुर्घटनाका अन्य कारणहरुलाई वेवासथा गर्दे
सवारी चालकलाई मात्रै दोष थोपर्दै समस्त
यातायात मज्दुरको पेटमा लात हान्ने
सरकारी नीति ल्याएको कारण पुर्वमा रहेका १
लाख बढी सवारी चालकहरुको लाइसेन्स संकलन कार्य सुरु गरीएको नेपाल यातायात स्वतन्त्र मज्दुर
संगठनका महासचिव भिम राई ज्वालाले बताए ।
सरकारले आफनो निर्णय तत्काल फिर्ता नलिए
नेपालभरीका यातायात मज्दुरहरु सडकमा उत्रने
सो महासंघले चेतावनी समेत दिएको छ ।
यता यातायात बन्दका कारण पूर्वका यात्रुहरु
मार्कामा परेका छन भने पूर्वाञ्चलमा साना सवारी बाहेक कुनै यात्रुवाहक वसहरु सञ्चालनमा आउन सकेका छैनन ।

0 comments:
Post a Comment