भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुनैपनि कार्यालयमा कर्मचारीको लागि निश्चित पोषाक हुनु
नौलो होइन । तर अफिसले बाहिरी पोषाक मात्र कस्तो लगाउने
भनेर तोकेको हुन्छ भित्री लुगा आफ्नो इच्छा अनुसार लगाउन
पाइन्छ । तर सबै भन्दा विकशित देश अमेरिकामा भने एक
महिला कामदारलाई अफिसको हाकिमले भित्री कपडा के र
कस्तो लगाउने भन्ने बारेमा पनि नियम तोकिदिएको छ ।
उटाहको डी एण्ड एल इलेक्ट्रिक कन्ट्रोल कम्पनीका मालिक
डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४
वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित
जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार
हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक
आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार
ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन
मिनि स्कर्ट लगाएर अफिस आउने नियम
तोकिदिएको ती महिलाको दाबी छ । यति मात्र होइन बोसले
आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले
दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन
देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ ।
0 comments:
Post a Comment