Home » , » नियमित सहवासका १० फाइदाहरु(भिडियो सहित)

नियमित सहवासका १० फाइदाहरु(भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन
हो भन्ने ठान्नुभएको छ भने गलत हुनुहुन्छ । सहवास केवल आनन्दका लागि मात्र होइन यो स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । अझ नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन्
। सहवासले केवल निद्रा पार्ने मात्र होइन
मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग
गर्छ । नियमित सहवासका मुख्य फाइदा यस्ता छन्-
मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ- एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ- नियमित
सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने
एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ । तनाव घटाउँछ- काम वा पारिवारिक
समस्याका कारण तनावमा हुनुहुन्छ ? तनावको असर
आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् । नियमित
सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव कम
गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने
क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ ।
दुखाइ कम गर्छ- यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् ।.सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले
सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग
पूराउँछ । दीर्घायुका लागि सहवास-
सम्भोगको चरमउत्कर्षका बेला सरीरमा उत्पादन हुने
डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त.गर्ने मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ । रक्तप्रवाह बढाउँछ- सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ । मिठो निद्रा पर्छ- निद्रा कम पर्ने
तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास
उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले
गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग
गर्छ । मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य
तथा मूड समेत राम्रो बन्दछ ।.तन्दुरुस्तीमा वृद्धि गर्छ-.आधा घण्टाको सम्भोगका क्रममा ८०
क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ । धैर्यवान तथा स्वस्थ बनाउँछ- सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती,.हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै.ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग.गर्छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved