भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अब आफ्नै लुगाले चार्ज गर्नेछ मोबाइल फोन आफुले
बोकेको मोबाइलमा जब ब्याट्री सकिन
लागेको संकेत बज्दछ तब जतिसुकै
राम्रो तथा फिचरवाला स्मार्टफोन
भएपनि त्यो निकम्मा जस्तै लाग्नथाल्छ । चार्जिङ
गर्ने ठाउँ र बिजुली भएमा चार्ज गर्न दौडिहालिन्छ
र नभएमा स्विच अफ गरेर राख्नुको विकल्प छैन ।
लामो यात्रा, लोडसेडिङ तथा मोबाइलको धेरै
प्रयोग गर्नुपर्ने अवस्थामा ब्याट्री सकिने समस्याले
अझै आपत् पार्छ । जति चलाएपछि हप्तौँ सम्म
ब्याट्रीको चार्ज
टिकोस् तथा घाममा देखाउँदा आफै मोबाइल चार्ज
होस् भन्ने कल्पना गरिन्छ कहिलेकाहीँ ।
तर त्यो कल्पना मै सिमित हुन्छ र मोबाइल चार्ज
सकिएर अफ भइदिन्छ ।
बढि फिचरवाला स्मार्टफोनको दबदबा तर
ब्याट्रीको आयु कम हुँदा उपभोक्तालाई
भएको हैरानीलाई ध्यानमा राखेर वैज्ञानिकहरुले
विभिन्न खाले अनुसन्धानहरु गरिरहेका छन् ।
यहीँ मेलोमा यस्तो प्रविधिको विकाश हुँदैछ
जसबाट तपाइँले लगाएको कपडाले नै तपाइँले
बोकेको मोबाइल चार्ज गरिदिनेछ अनि तपाइँ
मोबाइल चार्ज गर्नका लागि कतै धाइरहनु पर्नेछैन ।
अमेरिका र चीनमा भएका छुट्टाछुट्टै अनुसन्धानले
यस्तो प्रविधिको विकाश गर्न सकिने देखाएको छ ।
जस अनुसार सरीरमा लगाउने कपडामा राखिने
सोलार प्यानलका माध्यमबाट स्मार्टफोन मात्र
होइन जिपिएस तथा ट्याब्लेट समेत चार्ज गर्न सकिनेछ
। सोलार ड्रेसेज फोटोभोल्टाइक सेल भनिने
यो प्रविधिले यस्तो उपकरणको रुपमा काम गर्छ जसले
ग्याजेटलाई सजिलैसँग चार्ज गर्न सकिन्छ ।
यो फोटोभोल्टाइक ब्याट्रीको निर्माण
सिलिकन जस्तै अर्धसुचालक पदार्थबाट बनाइएको हुन्छ
। यो प्रविधिले सूर्यको किरण जब फोटोभोल्टाइक
ब्याट्रीमा पर्छ
तब त्यसबाट प्राप्त उर्जालाई सेमीकण्डक्टर सम्म
पूराउनेे काम गर्छ ।
सेमीकण्डक्टरमा रहेका इलेक्ट्रोनहरुको सम्पर्कमा आएसँगै
उक्त सौर्यउर्जा विद्युतमा परिणत हुन्छ ।
अमेरिकाको लस एन्जल्समा रहेको सिल्भर लाइनिङ
नामक कम्पनीले केही समय पहिले नै सौर्य
ब्याट्री प्रविधिमा आधारित आफ्ना पहिरनहरु
बजारमा ल्याइसकेको छ । त्यसमा स्टाइलिस ज्याकेट
तथा प्यान्ट लगायतका छन् । यी कपडामा किताब
जस्तै आकारको सौर्य उर्जा प्यानलको निकै
कलात्मक ढंगले प्रयोग गरिएको छ ।
यी कपडामा आइफोन लगायतका स्मार्टफोन चार्ज
गर्ने सुविधा समेत उपलब्ध छ ।
कम्पनीका अनुसार यी कपडाहरु
त्यस्ता मानिसहरुका लागि उपयोगी छन् जो कुनै न
कुनै कामका लागि घर वा कार्यालयबाट
टाढा रहन्छन् ।
यद्यपि यो प्रविधिका विषयमा केही आशंकाहरु भने
नरहेका होइनन् । सोलार कपडामा विद्युत प्रवाह
गर्नका लागि लामो समयसम्म घाममा बस्नु आवश्यक
हुन्छ । लामो समय चर्को घाममा बस्दा अन्य खाले
समस्या उत्पन्न हुने डर हुन्छ ।
र अर्को कुरा यस्ता कपडामा विद्युत उर्जा संग्रह
गर्ने वा स्टोर गर्ने सुविधा पनि हुँदैन जसले
घाममा बसुन्जेल मात्र मोबाइल चार्ज हुन्छ र घामबाट
टाढा भएपनि कपडाको सोलारले काम गर्दैछ ।
सुरुवाती अवस्थामा यो प्रविधि जडित कपडाहरु
निकै महंगो भएकाले उपभोक्ताको रोजाइमा पर्न
सकेका छैनन् र ती कपडाहरु विश्वव्यापी पनि बन्न
सकेका छैनन् । त्यसैले यो प्रविधिलाई सस्तो बनाउनु
समेत चुनौतिको रुपमा रहेको छ ।
0 comments:
Post a Comment