Home » » कर्मचारीको लापरवाहीले अस्पताललाई ७ लाख जरिवाना...

कर्मचारीको लापरवाहीले अस्पताललाई ७ लाख जरिवाना...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कर्मचारीको लापरवाहीको कारण लुम्बिनी अञ्चल
अस्पताल बुटवलले सात
लाखभन्दा बढी रूपैयाँ जरीवाना व्यहोर्नुपर्ने
भएको छ। नेपाल विद्युत प्राधिकरणबाट अस्पतालले
विद्युत प्रयोग गरे बापत नियमीत रूपमा महशुल
भुक्तानी गर्नुपर्ने
भुक्तानी नगर्दा यस्तो जरीवाना लागेको हो।
अस्पतालसँग रकम भएर पनि कर्मचारीले
लापरबाही गरी समयमा विद्युत महशुल
भुक्तानी नगरेका कारण अस्पतालले जरीवाना तिर्नु
पर्ने छ। अस्पतालले नेपाल विद्युत प्राधिकरण बुटवल
बितरण केन्द्रलाई विद्युत प्रयोग गरे वापतको महशुल
३६ लाख ९३ हजार ६ सय ७९ रूपैया बुझाउनु पर्ने
देखिन्छ। विद्युत प्राधिकरण बुटवल बितरण
केन्द्रका प्रमुख उमेश झाका अनुसार अस्पतालले करिब
२९ लाख रुपैया बिद्युत महशुल बुझाउनु पर्ने देखिन्छ भने
७ लाख भन्दा बढी रकम जरीवाना वापत बुझाउनुपर्ने
छ।
लुम्विनी अञ्चल अस्पताल बुटवलकै सबैभन्दा धेरै विद्युत
महशुल
बक्यौता रहेको सरकारी कार्यालयको रुपमा रहेको छ।
लामो सयमसम्म महशुल रकम नबुझाएपछि बिद्युत
प्राधिकरणले गत फागुन १७ गते अस्पताललाई पत्र
लेखि ७ दिन भित्र बक्यौता महशुल भुक्तानी गर्न
आग्रह गरेको भएपनि अस्पतालले १६ दिन
बितीसक्दासम्म कुनै वास्ता नगरेपछि कार्यालय
प्रमुख झा आईतवार दिउँसो आफै अस्पताल
पुगेका थिए।
अस्पतालका अध्यक्ष डाक्टर प्रायश्चीत श्रेष्ठले
कर्मचारीले लापरवाही गरेर रकम
नबुझाएको भएपनि उनीहरुलाई जिम्मेवार बनाउन
प्रयत्न गरीने बताउँदै उनीहरूलाई कारबाही गर्न सकिने
अवस्था भने नभएको बताउछन्।
‘हामी कर्मचारीहरुलाई जिम्मेवार बनाउने प्रयास
गर्छौ जिम्मेवारी वहन गर्न नसक्ने कर्मचारीहरु
जिम्मेवारीबाट पछि हट्नु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने।
तत्काल एकैपटक त्यति ठूलो रकम बुझाउने
अवस्था अस्पताल विकास समिति समक्ष नरहेकोले
किस्तावन्दीमा भएपनि सो रकम अस्पताल विकास
समितिको आम्दानीबाट बुझाईने उनले बताए।
अस्पतालले बढी भारको विद्युत लाईनको माग
गरिरहेको अवस्थामा बक्यौता रकम
नबुझाएको अवस्थामा उक्त लाईन विद्युत
प्राधिकरणले जोड्ने सम्भावना नहरेकोले
पनि किस्तावन्दीमा भएपनि सो रकम बुझाउनुपर्ने
उनले बताए।
अञ्चल अस्पताल
परिसरमा रहेका कर्मचारी आवासमा लाईन काटिने
डरले समयमै बिद्युत महशुल भुक्तानी गर्ने तर अस्पताल
जस्तो सम्वेदनशिल क्षेत्रमा बिद्युत प्राधिकरणले
लाईन काट्दैन भन्ने बुझेर कर्मचारीले
हदैसम्मको लापरवाही गरी अस्पताललाई
जरिवानामा पारेको देखिन्छ।
बिद्युत प्राधिकरणको अभिलेख अनुसार
कर्मचारी आवास क्षेत्रमा जडान गरिएको बिद्युत
महशुलबाट कर्मचारीले रिवेट समेत लिएको देखिन्छ।
आफूले भुक्तानी गर्नु पर्नेमा रिवेट लिने कर्मचारीले
सरकारी सम्पतिमा भने अत्यन्त गैर जिम्मेवार
बनेको विद्युत प्राधिकरण बुटवल बितरण केन्द्र प्रमुख
झाले बताए।
‘हामी अस्पतालको लाईन काट्न सक्दैनौ तर अरु
नियमानुसार बक्यौता असुल्ने कार्य गर्ने छौं,’ झाले
भने। अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा बिद्युत
महशुल नबुझाएका कारण बिद्युत लाईन काट्नु
भन्दा पनि बेवास्ता गरी नोक्सानी पुर्याउने
कर्मचारीहरुबाट रकम असुल्नु पर्ने
सर्वसाधारणको भनाई छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved