भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाली कांग्रेसका नेता डा. शसांक कोइरालाले
आफूलाई कार्यकर्ताले साथ दिने भए
पार्टीको सभापतिका लागि लड्न तयार हुने
बताएका छन्।
बिपी चिन्तन प्रतिष्ठान पाँचथरको यासोकमा हुने
दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन
आएका कोइरालाले आज बिहान पार्टी कार्यालय
फिदिममा पत्रकार तथा कार्यकर्ता भेटघाट
कार्यक्रममा बोल्दै कार्यकर्ताले साथ दिए
सभापतिका लागि लड्ने बताएका हुन्।
अहिले पनि सभापति सुशील कोइराला र वरिष्ठ
नेता शेरबहादुर देउवाको ६० र ४०
को कार्यकर्ता रहेका अवस्थामा नयाँ व्यक्ति
सभापतिमा आउनुपर्ने उनको भनाइ थियो।
नेता कोइरालाले अन्तिम समयसम्म
पनि एमाओवादीलाई पर्खेर सहमतिमा संविधान
निर्माण गरिने, नभए प्रक्रियाबाट भए
पनि लोकतान्त्रिक संविधान दिने दाबी गरे।
अहिले
पनि संघीयताका विषयमा अस्पष्टताका कारण
सहमति हुन नसकिरहेको बताउँदै उनले अब जनतालाई धेरै
दिन ढाट्न नहुने उल्लेख गरे। रासस
0 comments:
Post a Comment