भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तीव्र गतिमा आएको रेलले इन्टरसेक्सनमा कारलाई
ठक्कर दिँदा त्यसमा सवार दुई नेपालीको निधन
भएको छ। घटनामा परी अन्य दुई गम्भीर घाइते
भएका छन्।
लुइभेलको वुइचल एभेन्यूमा शनिवार अपरान्ह
भएको दुर्घटनामा मृत्यु हुनेमा स्थानीय फर्नक्रीक
हाइस्कुलमा १२ कक्षामा अध्ययनरत सुक राई र
सेनेका हाइस्कुलमा कक्षा १० अध्ययनरत चिता चुहान
रहेका छन्।
निधन
भएका दुवैजना नेपाली मुलका भूटानी शरणार्थीहरु
हुन्, जो भूटानी शरणार्थीहरुका लागि तेस्रो मुलुक
पुनर्वास अन्तर्गत अमेरिका आएका थिए।
दुर्घटनामा घाइते हुने अरू दुईजनामा किश्मत मिश्र र
नवीन थापा रहेका छन्। घाइतेहरुको युनिभर्सिटी अफ
लुइभेलमा उपचार भइरहेको छ।
भारी बोकेको रेलले सेतो रंगको क्याम्री कारलाई
इन्टरसेक्सनमा ठक्कर दिएर आधा माइलपरसम्म घिसारेर
लगेको स्थानीय सञ्चारमाध्यमहरू ले जनाएका छन्।
दुईजना प्रत्यक्षदर्शीले रेल
आइरहेको भिडियो रमाइलोका लागि लिइरहेका वेला
सो दुर्घटनाको भिडियो रेकर्ड भएको थियो।
इन्टरसेक्सनमा लाइट वलिरहेको र
ट्रेनको हर्नको आवाज
सुनिरहेको अवस्थामा पनि कारमा सवार युवाहरुले
कार अगाडि वढाएको सञ्चार माध्यमहरूले
जनाएका छन्।
0 comments:
Post a Comment