Home » » विश्वकप क्रिकेट क्वार्टरफाइनलमा भिड्ने टोलीहरू....

विश्वकप क्रिकेट क्वार्टरफाइनलमा भिड्ने टोलीहरू....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी आइसीसी विश्वकप
क्रिकेटमा आज(आइतबार)
देखि क्वार्टरफाइनलको समिकरण पूरा भएको छ।
क्वार्टरफाइनलमा प्रवेश गर्ने टोलीहरूमा समूह ‘बी’
बाट भारत, दक्षिण अफ्रिका, पाकिस्तान र
वेष्टइन्डिज तथा समूह ‘ए’ बाट न्यूजिल्याण्ड,
अष्ट्रेलिया, श्रीलङ्का र बंगलादेश छन्।
पहिलो क्वाटरफाइनल प्रतिष्पर्धा चैत ४ गते दक्षिण
अफ्रिका र श्रीलंकाबीच हुनेछ । त्यस्तै, ५ गते बंगलादेश
र भारतबीच, ६ गते अष्ट्रेलिया र पाकिस्तान
तथा अन्तिम क्वाटरफाइनल ७ गते न्यूजिल्याण्ड र वेष्ट
इन्डिजबीच हुनेछ।
सुरुका तीन खेल नेपाली समय अनुसार बिहान ९:१५ र
अन्तिम क्वाटरफाइनल बिहान ६:४५ मा हुनेछ।
यस्तै १० गते पहिलो सेमीफाइनल न्यूजिल्याण्ड र वेष्ट
इन्डिजको विजेता र दक्षिण अफ्रिका र
श्रीलङ्काको विजेताबीच हुनेछ।
त्यस्तै १२ गते दोस्रो सेमिफाइनलमा बंगलादेश र
भारतको विजेतासँग अष्ट्रेलिया र पाकिस्ताबीच हुने
क्वाटरफाइनलको विजेता भिड्नेछन्।
फाइनल खेल चैत १५ गते नेपाली समय अनुसार बिहान९:१५ बजे अष्ट्रेलियाको मेलबर्नमा हुनेछ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved