Home » » ३ दिन नेपाल बन्द, प्रचण्डद्धारा जनताले प्रतिकार गर्ने चिन्ता ब्यक्त...

३ दिन नेपाल बन्द, प्रचण्डद्धारा जनताले प्रतिकार गर्ने चिन्ता ब्यक्त...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनले आउँदो चैत २४ देखि २६ सम्म तीन दिने आम हडताल आव्हान
गरेको छ । गठवन्धनले त्यसपूर्व
प्रवेशिका परीक्षा सकिनासाथ चैत १९ गते
आमहडताल आव्हान गरेको छ ।
गठवन्धनले चैत ११ गते मन्त्रिमण्डलका सदस्यहरुलाई
अवरोध कार्यक्रम घोषणा गरेको छ भने १४ गते
देशभरिका सदरमुकाममा लाठी जुलुस निकाल्ने छ ।
त्यसैगरी चैत १६, १७ र १८ गते सदरमुकामका सबै
कार्यालयहरुमा घेराउ गर्नेछ । त्यसैगरी २० देखि २३
गतेसम्म देशभरिका सरकारी कार्यालय बन्द गरिने
घोषणा रहेको छ ।
विपक्षी गठवन्धनको अर्काे कार्यक्रम
हो लाठी जुलुस । चैत १५ गते
जिल्ला सदरमुकामहरुमा लाठी जुलुस गरिने छ । चैत २४
गते सुरु हुने आम हडतालको अघिल्लो साँझ २३ गते मसाल
जुलुस गरिने छ ।
चैत २० देखि १३ सम्मको सरकारी कार्यालय
वन्दको कार्यक्रममा नाकावन्दी गर्ने पनि उल्लेख
रहेको छ तर कहाँ र कसलाई नाकावन्दी गर्ने भन्ने उल्लेख
रहेको छैन । सो अवधीमा राजश्व र कर उठाउन
रोक्का गर्ने पनि भनिएको छ ।
गठवन्धनको आज अपरान्ह तीन घन्टा बसेको बैठकमा सबै
दलका मुख्य नेतालाई बोल्न दिइएको थियो ।
बैठकमा फोरम नेपालका उपेन्द्र यादव सहित
केही साना दलका नेताले चैत २४ देखि हुने आम
हडतालमा असहमति जनाउँदै हडताललाई
अनिश्चितकालीन बनाउनुपर्ने धारणा राखेका थिए

बैठकमा एमाओवादी अध्यक्ष तथा गठवन्धनका संयोजक
प्रचण्डले आमहडताललाई अनिश्चितकालीन बनाए
जनताले प्रतिकार गर्ने विचार राखेका थिए । फोरम
लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार
पनि अनिश्चितकालीन
आमहडतालको विपक्षमा राय दिएका थिए । बैठक
स्रोतका अनुसार प्रचण्डले भने, ‘तीन दिन भन्दा धेरै
बन्द लम्ब्याउन सकिन्न, अनिश्चितकालीन
भनियो भने पहिलो दिनदेखि नै प्रतिकार सुरु हुन्छ ।
त्यसैले तीन दिन मात्र गरौं ।’
प्रचण्डले यस्तो धारणा राखेपछि तीन दिने
बन्दमा सहमति भएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved