Home » » ओलीले भने,‘म पनि पहिचानसहितको संघीयताको पक्षपाति हुँ’

ओलीले भने,‘म पनि पहिचानसहितको संघीयताको पक्षपाति हुँ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,चैत १४ – जातीय पहिचानसहितको संघीयताको विपक्षमा लामो समयदेखि कडा अडान राख्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि पहिचानसहितको संघीयताको पक्षमा रहेको बताएका छन् ।  ओलीले अब बन्ने संविधानमा सबै जाति,समुदाय र भूगोलको पहिचान स्थापित हुने पर्ने बताए । उनले त्यसका लागि आफ्नो तर्फबाट प्रतिवद्दता समेत जनाएका छन् ।

‘म पनि पहिचानसहितको संघीयताको पक्षपाति हुँ,अब बन्ने संविधानमा सबै जनजाति,आदिवासी, अल्संख्यक र सबै भाषाभाषीको पहिचान स्थापित गरिने छ,’ ओलीले एमाले केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित पार्टी प्रवेश कार्याक्रममा बोल्दै भने,‘संविधानसभाले अब संविधान मस्यौदाको प्रक्रिया थाल्छ, जसमा सबै जातजाति र भाषाभाषीको पहिचान हुनेछ ।’ ओलीले आफूलाई जातीय पहिचान विरोधी भनिएकोप्रति आपत्ति जनाउँदै आफू देशका १ सय २५ जातिकै पहिचान स्थापत गर्ने पक्षमा रहेको दाबी गरे । उनले एमाओवादी तर्फ लक्षित गर्दै उसले २–४ जातिलाई राज्य दिन राजनीति गरे पनि आफू सबै जातिको पहिचान दिन लागिपरेको बताए । उनले सबै जातिको पहिचान नयाँ संविधानमा स्थापित गराएरै छाड्ने समेत बताए ।

ओलीले अल्पसंख्यकहरुको देश भएकाले कुनै एक जातिलाई राज्य दिने कुरा हुनै नसक्ने बताए । ओलीले दुई चार जातिलाई राज्य दिँदा मुलुकमा अफ्रिका र युगोस्लाभियामा जस्तो नरसंहार निम्तिने भन्दै जातीय राज्य मागेर केही पार्टीले मुलुकमा नरसंहार निम्त्याउन खोजेको गम्भीर आरोप लगाए । उनले जात र धर्मका नाममा विभाजन गर्ने गम्भीर खेल भइरहेकाले त्यसो नगर्न सुझाव समेत दिए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved