Home » » श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विहे !

श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विहे !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अहिलेको कलियुगमा मानव समाजले
नसाचेका घटनाहरु बाहिर आउन थालेका छन् ।
हाम्रो समाज परम्परा, नैतिकता र धार्मिक
विश्वासमा चलेको छ । त्यही अनुसार मानव
जीवनको चक्र पनि चलेको छ ।
तर यहाँ मानव जीवनको अनौठो सम्बन्ध बाहिर
आएको छ । व्रिटेनमा एक युवतीले श्रीमानसँग
सम्बन्ध विच्छेद गरेर लोग्नेसँग विवाह गर्न लागेको
घटना सार्वजनिक भएको छ ।
समाचार एजेन्सीका अुनसार एक ३६ वर्षीय
बुहारीले आफ्ना ३५ वर्षका पतिसँग सम्बन्ध विच्छेद
गरेर ससुरासँग विवाह गर्ने फैसला गरेकी छिन् ।
महिलाको यो फैसलाबाट सबै अचम्मा परेका छन् ।
यो घटना ब्रिटेनको ग्रिम्सबाई शहरको हो ।
लीजा गोड्डार्ड नामकी ३६ वर्षीय महिलाले ३५
वर्षीय जैसन हारवूडसँग एक युवा क्लबमा चिनजान
भएपछि मन पराएर २०१३ मा विहे गरेकी थिईन् । तर
उनीहरुको वैवाहिक जीवनमा एक वर्षपछि खटपट सुरु
भयो । र दुबैले एक अर्काबाट अलग रहने निर्णय गरे ।
सम्बन्ध विच्छेदपछि जैसनले लीजालाई अफ्नो बुबा
अर्थात लीजाका ससुराका घरमा बस्न सल्लाह
दिए । ताकि दुबै जनाको पैसा बचत होस् ।
त्यसैअनुसार लीजा आफ्ना ससुरासँग बस्न थालिन ।
तर, ससुरसँग बसेको केही दिनमै घटनाले अर्कै मोड
लियो । सँगै बस्दा ससुरासँग लीजाको माया प्रेम
बस्यो । उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो ।
त्यो बेला उनीहरु यती नजिक भएकी उनीहरुले
जैसनलाई छाडेर आफ्नो नयाँ जिन्दगीको सुरुवात
गर्ने निर्णयमा पुगे ।
जैसनकी श्रीमती लीजाले अब उससँग पूर्णरुपमा
सम्बन्ध विच्छेद गरेर उनका बुबासँग विवाह गर्ने
फैसला गरिसकेकी छिन् । लीजा र जैसनका
बुबाको विवाह समेत तय भइसकेको छ ।
अचम्मको कुरा त के छ भने उनी जुन ससुरासँग विहे
गर्दैछिन् उनी ७४ वर्षका बुढा हुन् । अर्थात
लीजाको उमेर भन्दा ४० साल जेठा छन् । डेली
मेलका अनुसार, आफ्नी पत्नीको यस्तो
निर्णयप्रति प्रतिक्रिया दिँदै जैसनेले भनेका छन्-‘म
अब लीजाको पूर्व पति हु र बुबासँग विवाह गरेर
लीजा मेरी सौतेली आमा बन्दैछिन ।’
जैसनका पिता जोनले अफ्नो फेसबुकमा लीजासँग
आफ्नो मग्नी भइसकेको कुरा लेखेका छन् । तर यो
विवाह तय हुनुभन्दा पहिले जब जैशन लीजासँगै
बुबासँग बस्थे त्यो बेला उनलाई लीजा र अफ्ना
बुबाबीच अवैध सम्बन्ध भएको शंका गरेका थिए ।
तर उनले बुबालाई त्यो कदमको विरोध गर्नुको
सट्टा बधाई दिने निर्णय लिएका छन् । अबको
केही दिनभित्रै लीजाको विवाह ससुरासँग हुँदैछ
एजेन्सी

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved