Home » » सेभ द चिल्ड्रेनलाई पाकिस्तान छोड्न निर्देशन

सेभ द चिल्ड्रेनलाई पाकिस्तान छोड्न निर्देशन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जेष्ठ २९ । पाकिस्तानले
बालबालिको क्षेत्रमा काम गर्ने
अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’को
कार्यालय बन्द गर्न आदेश दिएको छ ।
सो संस्थाका कर्मचारी
पाकिस्तानविरोधी गतिविधिमा संलग्न
रहेको भन्दै त्यहाँको सरकारले सेभ द
चिल्ड्रेनका कर्मचारीलाई १५ दिनभित्र
पाकिस्तान छोड्न पनि भनेको छ ।
आदेशसँगै इस्लामावादमा
रहेको सेभ द चिल्ड्रेनको कार्यालयमा
सीलबन्दी गरी ताला लगाइएको छ ।
यसअघि पनि पाकिस्तानले सेभ द
चिल्ड्रेनमाथि फर्जी प्रतिवेदन दिने गरेको र
अमेरिकी खुफिया एजेन्सी (सीआइए)लाई
ओसामा बिन लादेनको खोजीमा सघाउ पु
¥याएको आरोप लगाउँदै आएको थियो ।
सेभ द चिल्ड्रेनले भने पाकिस्तान सरकारको
निर्णयप्रति आपत्ति जनाउँदै आफूहरुको कुनै
पनि संस्थासँग साँठगाँठ नभएको स्पष्टिकरण
दिँदै आएको थियो ।
१२ सय पाकिस्तानी कर्मचारी रहेको सो
संस्था ३० वर्षदेखि त्यहाँ कार्यरत रहेको छ
भने बालबालिकाको स्वास्थ्य, शिक्षा, र
खाद्यान्नसँग सम्बन्धित परियोजना
सन्चालन गर्दै आएको छ । (एजेन्सी)

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved