Home » » बिहानै गोरखालाई केन्द्र बिन्दु बनाएर ४.६ को पराकम्पन

बिहानै गोरखालाई केन्द्र बिन्दु बनाएर ४.६ को पराकम्पन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२९ जेठ, काठमाडौं । गोरखालाई केन्द्र बिन्दु बनाएर
शुक्रबार बिहानै ४.६ रेक्टरस्केलको पराकम्पन गएको छ

बिहान एक बजेर २२ मीनेटमा गोरखाको
लाप्राकलाई केन्द्र बिन्दु बनाएर ४.६ रेक्टरस्केलको
पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्र,
काठमाडौंले जनाएको छ ।
यसअघि बिहीबार तीन पटक भूकम्पका पराकम्पन
गएका थिए । बिहानै दोलखालाई केन्द्रबिन्दु बनाएर
४.६ रेक्टरस्केल, १० बजेर २ मीनेटमा सिन्धुपाल्चोक
केन्द्र बनाएर ५.३ रेक्टर स्केल तथा राति ९ बजेर ५७
मीनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्रबिन्दु बनाएर
५.३ रेक्टर स्केलको भूकम्पका पराकम्पन गएको केन्द्रले
जनाएको छ ।
गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन
आउनेक्रम जारी रहेको छ । यो क्रम अझै केहीसमय चल्ने
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved