भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गौशाला, २८ जेठ । पत्नी पोइल गएको झोकमा
महोत्तरीको गौशाला नगरपालिकामा एक युवकले
गएराति झुन्डिएर आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–५ रजखोर बस्ने
एकबहादुर आले मगरका छोरा ३२ वर्षीय लालबाबु
आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले
जनाएको छ ।
केही दिनअघि पत्नी पोइल गएदेखि निक्कै तनावमा
रहँदै आएका लालबाबु गएराति १० बजे आफ्नै घरको
बाहिरी बलोमा गम्छाको पासो लगाई झुन्डिएर
आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र
श्रेष्ठले बताउनुभयो ।
आलेको शव परीक्षणका लागि जिल्ला अस्पताल
जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरी नायब
उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस
Loading...
0 comments:
Post a Comment