Home » » राष्ट्रपति र सभासद्बीच चर्काचर्की, राष्ट्रपतिले भने-'सभासद्को व्यवहारले दुःख लाग्यो'

राष्ट्रपति र सभासद्बीच चर्काचर्की, राष्ट्रपतिले भने-'सभासद्को व्यवहारले दुःख लाग्यो'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ओखलढुंगा, जेष्ठ २९ - भूकम्पबाट भएको क्षतिपछि
राहत र पुर्नस्थापनाको अवस्था बुझ्न जिल्ला
अनुगमनमा आएका राष्ट्रपति रामवरण यादव र
एमाले सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार
ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको छ ।
राजनीतिक दलका प्रतिनिधिले जिल्लाको
अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न
अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति
यादव बोल्न रोकेपछि दोहोरो चर्काचर्की भएको
हो ।
नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ
गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले
आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री
महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले ।
सभासद् तथा एमाले केन्द्रिय सदस्य सुनुवारले आफूले
पनि केही कुरा राख्न चाहेको अनुरोध गरेपनि
राष्ट्रपति यादवले रोकेका थिए । 'पार्टीका
नेताहरुबाट कुरा सुनिसकेकोले तपाईले किन बोल्नु',
यादवले भनेका थिए ।
सभासद् सुनुवारले समेत 'तपाई आउँदा पनि
छापामार शैलीमा आउनुभयो । अहिले एउटा कुरा
राख्छु भन्दा पनि सुन्न नमान्ने' भन्दै कर्किए ।
निकैबेरको विवाद भएपछि राष्ट्रपति यादवले
बोलेका थिए ।
बोल्ने क्रममा यादवले राष्ट्रपति भएको सातवर्ष
बित्दा पहिलो पटक आफूलाई कुनै सभासद्को
व्यवहारले दुःख लागेको बताए ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved