Home » » टेक्सासमा नेपाली महिलाको गोली हानी हत्या

टेक्सासमा नेपाली महिलाको गोली हानी हत्या

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकाको टेक्सासमा एक नेपाली महिलाको
गोली हानी हत्या भएको छ।
टेक्सासमा राज्यको डेन्टनमा घर भई घर नजिकैको
कोलोनीमा व्यापार गर्ने समिरा शिवाकोटीको
बुधबार आफ्नै पसल (7400 Main Street) मा अज्ञात
समूहले गोली हानी हत्या गरेको छ। स्थानीय समय
अनुसार बिहान करिब ११ बजे शिवाकोटीको गोली
हानी हत्या भएको हो।
बिगत ४ बर्षदेखि समीरा र उनका श्रीमान नवराज
शिवाकोटीले सञ्चालन गरेको स्टोरमा बसिरहेको
बेला उनको हत्या भएको हो।
३० बर्षिया उनका एउटा ३ र अर्की ९ महिनाकी दुई
छोरीहरू छन्। हाल उनको शब पोष्टमार्टमका लागि
फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको प्रहरीले
जनाएको छ। प्रहरीका अनुसार उनको अनुहारमा
गोलि लागेको छ।
हत्याराले टाउकोमा सेतो फेटा बाँधेको र कालो
कपडा पहिरिइको पसलको सिसिटिभि क्यामेरामा
देखिएको छ। प्रहरीले हत्याराको खोजी भइरहेको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved