भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ताप्लेजुङमा अविरल वर्षासँगै गएको भिषण पहिरोले
घर बगाउँदा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
आठ जना गम्भिर घाइते भएका छन्। मृतकमध्ये लिङतेपका
चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र
लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको
मात्र सनाखत भएको छ। ताप्लेजुङका लिबाङ,
थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै
वडामा एकै चोटी भिषण पहिरो जांदा उनिहरुको
मृत्यु भएको हो।
यि गाविसबाट अझै केही स्थानिय सम्पर्कमा
नआइसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले
जनाएको छ। खामलुङ गाविसका केही वडामा पनि
पहिरो गएको छ। मृत्यु भएकाहरुमध्ये लिबाङ-१ बाट १२
जनाको शव, लिवाङ-३ बाट चार जनाको शव,
लिङकेतबाट तीन जनाको शव, थिङलावुबाट पांच
जनाको शव, खोक्लिङबाट २ जनाको शव र
सान्थाक्राबाट दुई जनाको शव निकालिएको
प्रहरीले जनाएको छ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास
र डांडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको
हो। पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु
गाविस सबैभन्दा बढी प्रभावित भएका छन्। बर्षा
भईरहेको र खोल्सा तथा खोला बढेका कारण
उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी
कार्यालय ताप्लेजुङले जनाएको छ।
उद्धारको लागि काठमाडौंबाट समेत सेनाको
हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण
घटनास्थल पुग्न सकेको छैन। स्थानिय प्रहरी र
स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा
उद्धारमा खटिएका छन्। उता, गएराती नै
ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची
राजमार्ग अवरुद्ध बनेको छ।
0 comments:
Post a Comment