Home » » एक करोडको लागतमा भ्यू टावर निर्माण हुँदै.....

एक करोडको लागतमा भ्यू टावर निर्माण हुँदै.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापा, २९ जेठ-पूर्वोत्तर झापाको
शान्तिनगरमा नमुना भ्यू टावर निर्माण
कार्य सुरु भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य
उद्देश्यका साथ शान्तिनगर– ६ मा नमुना भ्यू
टावरको निर्माण सुरु भएको हो ।
एक करोडको लागतमा निर्माण कार्य सुरु
भएको भ्यू टावर निर्माणका लागि झापा
क्षेत्र नं १ बाट निर्वाचित सभासद् रवीन
कोइरालाले १२ लाख संसद् विकास कोषबाट
छुट्याएसँगै भ्यू टावर निर्माण कार्य सुरु
गरिएको छ ।
शान्तिनगरको पहिचान झल्काउँदै भारतको
विभिन्न भूभागको अवलोकन गर्न सकिने गरी
निर्माणकार्य थालिएको भ्यू टावर
निर्माणका लागि सहयोग रकम अपुग भएसँगै
रकम जुटाउन सबैसँग आग्रह गरिएको निर्माण
समितिका अध्यक्ष चक्र शेर्माले बताए । उनले
ग्रामीण क्षेत्रको पहिचान र विकासका
लागि नमुना भ्यू टावरले महत्वपूर्ण भूमिका
निर्माण गर्ने भएकाले निर्माण कार्यमा
आर्थिक सहयोग गर्न सबैसँग आग्रह गरे ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved