Home » » प्रेमीबाट खोसेर किशोरीलार्इ बलात्कार गर्ने समातिए

प्रेमीबाट खोसेर किशोरीलार्इ बलात्कार गर्ने समातिए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धरान : बीपी कोइरला स्वास्थ्य विज्ञान
प्रतिष्ठान धरानको हाताभित्र एक किशोरीलाई
सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका
प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर
जबरजस्ती करणी ऐनअन्र्तगत मुद्धा दर्ता गरिएको छ ।
उनीहरुले सोमवार राति बीपी प्रतिष्ठानको
पश्चिमतर्फको जङ्गलमा प्रेमीसँग बसिरहेकी १५
वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामुहिक
बलात्कार गरेको अभियोग छ ।
घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरी
अनुसन्धान गर्दा छ जनाले किशोरीलाई पालैपालो
बलत्कार गरेको पुष्टि भएपछि मुद्धा दर्ता गरी
अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय
धरानका डिएसपी सुदमकुमार सिजापतिले
जानकारी दिए ।
सामुहिक बलत्कारका अभिधयुक्तहरुमा धरान–१७ का
२३ वर्षीय समिर राई, १७ वर्षीय प्रितेश लिम्बू, २४
वर्षीय आकास लिम्बू, धनकुटा बेलहरा गाविसका २२
वर्षीय विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश
राई र भोजपुर नगरपालिकाका २० वर्षीय विपिन
राई रहेका छन् ।
पीडित किशोरीले प्रेमीसँग बसिरहेको अवस्थामा
प्रेमीलाई कुटपिट गरी आफूलाई सामुहिक बलत्कार
गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा
जाहेरी दिएकी छिन् ।
अभियुक्तहरुले रक्सीको नशाको सुरमा बलात्कार
गरेको बयान प्रहरीलाई दिएका छन् । केही अभियुक्त
अझै फरार रहेकाले प्रहरीले उनीहरुको खोजी
गरिरहेको छ ।
‘बलत्कारीलाई पानीमुनि गएर भए पनि पक्राउ गरी
कानुनी कठ्गारामा प्रहरीले उभ्याएरै छाड्छ’, भएपनी
डिएसपी सिजापतिले भने ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved