भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला
आजबाट ट्विटर मा देखिएका छन् । प्रधानमन्त्री
भएको लामो समयपछि प्रम कोइराला ट्विटरमार्फत
सामाजिक सञ्जलामा झुल्केका हुन् ।
प्रेस सल्लाहकार प्रतीक प्रधानले प्रधानमन्त्रीले
आजबाट ट्वीटर चलाउन थालेको जानकारी दिए ।
प्रम कोइरालाले बिहीबार दिउँसो ट्विट गर्दै देश
विदेशमा रहेका सम्पूर्ण नेपाली र नेपालका
हितैषीलाई अभिवादन गर्न भ्याएका छन् ।
उनले नेपाली र अंग्रेजी दुबै भाषामा ट्विट गर्दै आफू
ट्विरमा झुल्केको बताएका हुन् । छिमेकी देश भारत र
भुटानसहितका प्रधानमन्त्रीले राज्य र आफ्ना हरेक
गतिविधिको सूचना ट्विटरमार्फ नै दिने गरेका छन् ।
८० पुग्न लागेका प्रम कोइारालाले बुधबार खोलेको
ट्विटर एकाउन्टलाई फलो गर्नेको संख्या एक दिनमै २६
सय नाघिसेको छ ।
उनी आफैंले भने पहिले अमेरिकी राष्ट्रपति बाराक
ओबामा र त्यसपछि भारती प्रधानमन्त्री नरेन्द्र
मोदी लाई फलो गरेका छन् ।
0 comments:
Post a Comment