भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी–नायिका स्नेहा उलाल सलमानसँग छुटेको धेरै
भयो । १० वर्षभन्दा अधि सलमानसँग ‘लक्की’
फिल्ममा एकसाथ काम गरेर बलिउड छिरेकी यी
नायिका त्यसपछि गुमनाम जस्तै भएकी थिइन् ।
त्च्यतिबेला यिनको सलमानसँग अफेयर चलेको हल्ला
बलिउड सिने उद्योगमा व्यापक बनेको थियो ।
१० वर्षपछि आएर यिनी ‘बेजुवान इश्क’मा अभिनय गर्न
पुगेकी छन् । आफ्नो पुनारागमनलाई लिएर उनी
भन्छिन्, ‘लामो समयपछि बलिउडमा फर्केकी छु । धेरै
कम मान्छे मात्रै एकपटक हराएपछि पुनः फर्कछन् किनभने
बलिउडल कसैलाई दोस्रो मौका दिँदैन ।’
पहिलो फिल्म नै असफल भएपछि उनी साउथ फिल्ममा
पाइला चाल्न पुगेकी थिइन् । त्यहाँ पनि उनी खासै
सफल भइनन् ।
स्नेहा फेरि हिन्दी फिल्ममा फर्कनुको आफ्नै कारण छ
। उनी भन्छिन्, ‘जब म १५÷१६ वर्षकी थिएँ त्यतिबेला
सलमानसँग फिल्म खेल्ने आफर आयो मैले स्वीकार गरे ।
त्यहो समय मैले खासै मेहनत गरिनँ ।’
स्नेहा उलाल र जरिन खाना जस्ता अभिनेतृलाई
सलमान खानले फिल्म उद्योगमा भित्राएका थिए तर
उनीहरु जम्न सकेनन् । के सलमानसँग करिअर सुरु गर्न
हिरोइनको करिअर डग्मगाउछ भन्ने प्रश्नमा उलाल
भन्छिन्, ‘मेरो मान्यता छकि कसैको करिअर भाग्य,
प्रस्तुति र रुचिलमा निर्भर हुन्छ । यो सबै व्यक्तिमा
निर्भर हुन्छ सलमान खानमा होइन् । जो अभिनेतृ
अगाडि बढ्न पाएनन् जस्तो कि म, यसमा गल्ती
हाम्रो हो सलमानको होइन् ।’
.
0 comments:
Post a Comment