भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
राष्ट्रसंघीय शान्ती सेनाहरु विश्वका विभिन्न
द्वन्दग्रस्त देशहरुमा शान्ति स्थापना कार्यमा
खटिइरहेका छन् । कतिपय स्थानमा शान्ति सेनाका
विभिन्न क्रियाकलापको आलोचना समेत हुने गरेको
छ । पछिल्लो एक रिपोर्टले शान्ति सेनाप्रति
गम्भीर आरोप लगाएको छ । रिपोर्ट अनुसार
राष्ट्रसंघीय शान्ति सेनाले नियमित रुपमा
मानिसहरुले यौन सम्पर्कका लागि बाध्य पार्ने
गरेका छन् ।
जसको सहयोगका लागि शान्ति सेना खटिएका
हुन्छन् उनै पीडितहरुलाई शान्ति सेनाले बलात्कार
गर्ने र यौन सम्पर्क गर्न दिएबापत पीडित
महिलालाई सानातिना उपयोगी सामान वा
पैसा दिने गरेको खुलासा भएको छ ।
रोयटर्सले फेला पारेको रिपोर्ट अनुसार अफ्रिकी
देश हैटी र लाइबेरियामा शान्ति सेनाले यस्तो कर्तुत
गरेको पाइएको छ ।
भोक र गरिबीबाट पीडित ती देशका महिलाहरु
बाँच्नकै लागि आवश्यक सरसामान तथा पैसा पाउने
आशामा शान्ति सेनासँग शारीरिक सम्बन्ध राख्न
बाध्य हुने गरेका रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार गरीब महिलाहरुलाई नगद, कपडा,
गरगहना तथा मोबाइल फोन लगायतका सामानहरु
दिएर शान्तिसेनाका जवानहरुले यौन सम्पर्क गर्ने
गरेका छन् ।
सन् २००८ देखि २०१३ को बीचमा ४ सय ८० वटा यस्ता
घटना पाइएका छन् । शान्ती सेनाको शारीरिक
शोषणमा पर्नेमध्ये एक तिहाइ बालिकाहरु रहेको
पाइएको छ । बीबीसी
0 comments:
Post a Comment