Home » » किमलाई बलिउड फिल्मको प्रस्ताव....

किमलाई बलिउड फिल्मको प्रस्ताव....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

टेलिभिजन स्टार किम कार्दसियालाई भारतीय
चलचित्रकर्मी फैजल सेफले आफ्नो नयाँ चलचित्रको
मुख्य भूमिकाका लागि प्रस्ताव गरेका छन्। सेफले
चलचित्र ‘फर एडल्ट वन्ली’को शीर्ष भूमिकामा
अभिनय गर्न किमलाई प्रस्ताव गरेका हुन्।
फैजलले आफ्नो चलचित्रलाई अहिलेसम्मकै सबैभन्दा
‘बिन्दास’ भारतीय चलचित्र बताएका छन्। अक र्षक
शारीरिक बनोट र सुन्दरताका कारण चर्चामा
रहिरहन सफल किमसँग आफूले कुरा गरिसकेको फैजलले
बताएका छन्।
किमले आफ्नो चलचित्रको कथावस्तुलाई मन
पराउनेमा उनले विश्वास व्यक्त गरेका छन्। किमले
आफ्नो प्रस्ताव स्वीकार गर्ने पनि उनको दाबी छ।
रियालिटी सो तथा टेलिभिजन स्टार किम
अघिल्लो वर्ष चर्चित रियालिटी सो ‘बिग
बोस’मा सहभागी हुन भारत आउने चर्चा थियो तर
भिसा नमिलेका कारण उनी भारत आउन पाएकी
थिइनन्। किम अहिले गर्भवती छिन्। अन्नपूर्ण
पोस्टमा खबर छ ।
चलचित्र ‘फर एडल्ट्स वन्ली’ तीनवटा भाषामा
बनाइनेछ। डाइमेन्सनल फिल्मस्को निर्माणमा बन्न
लागेको चलचित्रको छायांकन तीन महिनापछि सुरु
गर्ने योजना फैजलको छ। -एजेन्सी

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved