भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बार्सिलोनाका ब्राजिलियन
स्टार नेयमार सर्वाधिक कमाउने युवा खेलाडी बनेका
छन् ।
अमेरिकी पत्रिका फोर्ब्सले पछिल्लो एक वर्षमा धेरै
कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।
जसमा नेयमार ३१ मिलियन डलर कमाइसहित समग्रमा
२३ औं नम्बरमा परेका छन् ।
तर, २३ वर्षका नेयमार सूचीमा परेका सबैभन्दा कम
उमेरका खेलाडी हुन् । उनको १४ मिलियर तलब छ ।
दोस्रो स्थानमा रियल मड्रिडका जेम्स रोड्रिग्वेज
छन् । उनको कमाइ वाषिर्क २४.५ मियलन छ ।
सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेका पाका
खेलाडी भने गल्फका फिल मिकेल्सन छन् । उनको
पछिल्लो एक वर्षको कमाइ ५०.८ मिलियन डलर रहेको
फोर्ब्सले जनाएको छ ।
सर्वाधिक कमाइ गर्ने महिला खेलाडीमा मारिया
सारापोभा परेकी छन् । टेनिस सुन्दरी
सारापोभाको गत वर्षको कमाइ २९.७ मिलियन छ ।
उनी समग्र सूचीमा भने २६ औं स्थानमा परेकी छन् ।
Loading...
0 comments:
Post a Comment