Home » » यसरी चल्दो रहेछ नेपाली अस्लिल साईट !

यसरी चल्दो रहेछ नेपाली अस्लिल साईट !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाल प्रहरी र स्थानिय प्रशासनले आँखा
चिम्लिएका कारण ईन्टरनेटमार्फत बेश्यावृति गर्ने
गिरोह मुलुकभर सल्बलाउन थालेका छन् । पछिल्लो
समय नेपाल ‘पोर्नसाईट’ सञ्चालन गर्ने केन्द्रविन्दु
बन्न थालेको छ । अनगिन्ती नेपाली पोर्न साईटहरु
नेपालबाटै सञ्चालनमा आएका छन्, जसका
सञ्चालक समेत नेपालीहरु नै रहेका छन् । तर, प्रहरी
भने बेखबर जस्तै बनेको छ । ती पोर्न साईटहरुमा
नेपाली चेलीका लुकेर खिचिएका, जानीजानी
खिचिएका तथा जर्वजस्ती अन्य ब्यक्तिका
कारणले सार्वजनिक भएका सयौं भिडियोहरु
राखिएका छन् ।
त्यसैगरी वेवसाईटमार्फत वेश्यवाृति गराउने
साईटहरुले भने नेपालका टप मोडलदेखि प्रख्यात
नायिकासम्म उपलब्ध गराउने उल्लेख गरेका छन् ।
नेपालमै वेवसाईटमार्फत पुरुष बेश्याको समेत
प्रचारप्रसार गरिएको छ । कुनै पनि युवतीले
चाहेको ठाँउमा लैजान सक्ने समेत उल्लेख गरिएको छ
। यी सम्पूर्ण कुराको जानकारी पाउन नेपाल
प्रहरीले मात्र ‘गुगल सर्च ईन्जिन’लाई प्रयोगमा
ल्याए पुग्छ । ग्र्राहकको ईच्छा र भने अनुसारको
नेपाली युवती पाईने भन्दै त्यस्ता दर्जनौं ब्लग र
वेवसाईटहरु खुलेका छन्, जहाँ प्रहरीको ध्यान पुग्न
सकेको छैन । तत्कालिन महानगरीय प्रहरी परिसर
काठमाडौंका प्रमुख एसपी नबराज सिलवाल हुँदा
वेवसाईटमार्फत बेश्याबृति गर्ने आधा दर्जन
जोडीसहित सञ्चालक समेत पक्राउ परेका थिए ।
प्रहरीको उक्त टोली ‘नेपालीस्कर्ट डटको डट
सीसी’ नामक वेवसाईटमार्फत बेश्यावृति गराउने
गिरोह पक्राउ गर्न खटिएको थियो । उक्त
साईटका सञ्चालकले राजधानी बाहिर–भित्र
जाँदा प्रतिदिन तथा प्रतिरातको युवतीको
मुल्यसहित साईटमा उल्लेख गरेका थिए भने
नेपालका जो सुकै नायिका उपलब्ध गराउन सक्ने
साईटमा दावी गरिएको थियो । सोही
साईटमा सम्पर्कका लागि दिइएको नम्बरमा
ग्राहक बनेर प्रहरीले फोन गरी छापा मार्दा
आधा दर्जन केलज पढ्ने युवतीसहित सञ्चालक पक्राउ
परेका थिए । स्रोतका अनुसार जतिबेला उक्त
¥याकेट सञ्चालन गर्ने गिरोहको अखडामा छापा
मारिएको थियो, त्यतिबेला बेश्याबृतिको
¥याकेट सञ्चालन गर्ने प्रमुख ब्यक्तिलाई भने छापा
हान्न पुगेको प्रहरी टोलीले भगाएको थियो ।
उक्त प्रकरण एक÷दुई दिनसम्म त विभिन्न
सञ्चारमाध्याममा चर्चामा विषय बन्यो । तर,
पछि यी काण्ड विस्तारै ओझेलमा पर्न थालेका
कारण अहिले मुलुकभर च्याउ उम्रेसरी नेपाली
पोर्नसाईट र ब्लग सञ्चालनमा आईरहेका छन् ।
नेपालमै दजनौं ‘पोर्नसाईट’ सञ्चालन र
वेवसाईटमार्फत बेश्यावृति भइरहेका छन् । साइबर
अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको र
न्यूनिकरणका लागि निरन्तर लागिरहेको अपराध
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की
बताउँछन् । कार्की भन्छन्,‘ यस्ता पोर्नसाईट
सञ्चालन र वेवसाईटमार्फट बेश्यावृति गर्ने तथा
गराउने काम गैरकानूनी हो । प्रायगरेर यस्ता
साईटहरु विदेशबाट सञ्चालन भएका हुन्छन् ।
नेपालबाट नै सञ्चालन भएको सूचना पाए तत्काल
कानूनी कारवाही गर्न प्रहरी सक्षम छ ।’
नेपालमा वेवसाईटमार्फत बेश्यावृतिको ¥याकेट
सञ्चालन गर्ने गिरोह मध्येका दोलखाका माधव
श्रेष्ठ र दिपक श्रेष्ठ पनि हुन् । अहिले दिल्लीमा
रहेका श्रेष्ठ दाजुभाईलाई महानगरीय प्रहरी
अपराध महाशाखा हुुनुमानढोकाले निगरानीमा
राखेपनि उनीहरु कहिले नेपाल आउँछन् र
बाहिरिन्छन् कुनै सूचना पाउन सकेको छ्रैन । नेपाल
आउँदा समेत उनीहरु भारतीय नम्बर प्लेटको गाडि
प्रयोग गरेर आउने गरेको स्रोत बताउँछ ।
श्रेष्ठद्धका दाईभाई मध्येका अर्का भिम भन्ने
समिरले भारतमा बसेर चोरीका मोबाइल,
एलसीडी, लिड टिभी, कम्यूटरलगायतका
सामाग्री चोरीपछि नेपालमा ल्याएर विक्री
गर्ने गरेका छन् । श्रेष्ठ दाजुभाईले अहिले पनि
दिल्लीबाट विभिन्न पोर्न साईटहरु सञ्चालन
गरिरहेका छन् । यसअघि चोरीको गाडी बेचविखन
गरेको मुद्दामा पनि उनीहरुलाई प्रहरीले पक्राउ
गरेको थियो । स्रोतका अनुसार श्रेष्ठका
दाजुभाईले कोटेश्वरस्थित एउटा विशाल महल र एक
महंगो गाडि समेत खरिद गरेका छन् । भिम भन्ने
समिरलाई प्रहरीले डाँका मुद्धामा पक्राउ गरी
मुद्धा चलाएको पनि बुझिन आएको छ । कुनै बेला
भिम भन्ने समिरले रक्तचन्दन तस्करी समेत गरेका थिए

श्रेष्ठ दाजुभाईको घर दोलखा बाखखोर हो भने
यिनीहरुको असली बोश आकाश रहेको स्रोतले
बतायो । नेपाल प्रहरीले बढ्दो साइबर अपराध
नियन्त्रण गर्नलाई तत्काल कदम नचाले यसले
विकराल रुप लिने निश्चित छ । प्रहरीले गुगल सर्च
ईन्जिनबाट त्यस्ता नेपाली पोर्नसाईट खोजी
गरेको खण्डमा दर्जनौं फेला पार्न सफल हुनेछ । ती
साईटहरुले जर्वजस्ती खिचिएका, प्रलोभनमा
पारि खिचिएका, जानीजानी खिचिएका
तथा तेस्रो ब्यक्तिले चोरीगरी सार्वजनिक गरेका
नेपाली युवती तथा महिलाको समेत भिडियो
राखेका छन् । जसका कारण घरपरिवार विग्रिने,
मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच पुग्ने
मात्र नभई समाजमा अपराध बढ्ने भएकाले बेलैमा
नेपाल प्रहरीको ध्यान जाला की ?

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved