भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, २८ जेठ– एमनेस्टी इन्टरनेसनल नेपालका
पूर्वअध्यक्ष कृष्ण पहाडीले सिके राउतलाई उचाल्ने
निकाय एम्नेस्टी इन्टरनेसनल रहेको आरोप लगाएका
छन् ।
एमनेस्टीको क्रियाकलाप र नेपालको
मानवअधिकार क्षेत्रको विषयमा पछिल्लो समय
सार्वजनिक धारणाले यो संस्था शंकाको घरमा
परेको पहाडीले स्पष्ट पारेका छन् ।
मानवअधिकारकर्मी पहाडीले बिहीबार विज्ञप्ती
जारी गर्दै लेखेका छन्, ‘पछिल्लो चरणमा २०१४ कै
डिसेम्बर महिनामा एमनेस्टी इन्टरनेसनल
अन्तर्राष्ट्रिय सचिवालयबाट पुनः राउतको
विषयमा सार्वजनिक गरिएको धारणा र २०१५को
वार्षिक प्रतिवेदनमा तराइमा ज्यादति शीर्षकमा
राउतको प्रसङ्ग फरक ढंगले उल्लेख भएको घटनाले
एमनेस्टीको विश्वसनीयता र नियत माथि विभिन्न
कोणबाट प्रश्न उठेको छ भने राउतले नेपाली
महिलाहरुको अस्मितामाथि प्रहार गर्दै दिएको
लगायतका अनेकौ आपत्तिजनक र मानवताविरोधी
मन्तव्य र राउतका पछाडि निरन्तर एमनेष्टीको
व्याकिङ भएको भान पर्नुले एमनेष्टीका हजारौ
शुभचिन्तकहरुलाई मर्माहत बनाएकोछ । ’
मानवअधिकारको मा अन्तर्राष्टिय ख्याती
कमाएका यस संस्थाले सिके राउत पहिलो पटक
पक्राउ पर्दा मुक्त गर्न नेपाल सरकारलाई आग्रह गरेको
थियो ।
अधिकारकर्मी पहाडीका अनुसार एमनेस्टीले सन
२०१४ यता पटक पटक नेपालबारे धारणा सार्वजनिक
गरेको छ । ती धारणा र नीतिले नेपालमा असहज
स्थिती उत्पन्न भएको छ ।
उनले एमनेस्टीका अध्यक्ष सलली सेठ्ठीलाई यस
विषयमा पत्राचार गरेको भए पनि जवाफ नआएको
उल्लेख गरेका छन् ।
एमनेस्टीको यस्ता विवादास्पद क्रियाकलापका
कारण अबदेखि सो संस्थासँग आफ्नो कुनै पनि सम्बन्ध
नरहने पहाडीले घोषणा गरको छन् ।
एमनेस्टीका अध्यक्ष सेठ्ठी भारत बैगलोरका हुन् ।
0 comments:
Post a Comment