भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न
गाउँंमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ४१
पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
मृतकमध्ये लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू,
लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन
र वसन्त विकको मात्र सनाखत भएको छ । मृत्यु
भएकामध्ये लिवाङ–१ बाट १२ , २ बाट आठ, ३ बाट
चार , लिङ्केतबाट तीन, थिङ्लाबुबाट पाँच,
खोक्लिङबाट सात र सान्थाक्राबाट दुई जनाको
शव निकालिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङ्लाबु र लिङ्केत
गाविसका सबै वडामा एकै चोटि भीषण पहिरो
जाँंदा उनीहरुको मृत्यु भएको हो । ती गाउँमा अझै
केही स्थानीयवासी सम्पर्कमा नआएकाले मृतकको
सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।
पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास
र डांँडामा रहेका दुई दर्जन बढी घर पहिराले बगाएको
छ । पहिराले लिङ्तेप, खोक्लिङ, लिबाङ र थिङ्लाबु
गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । खोला
बढेका कारण उद्धारमा कठिनाइ भएको जिल्ला
प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उद्धारका लागि काठमाण्डुबाट समेत सेनाको
हेलिकप्टर ताप्लेजुङ गएपनि खराब मौसमका कारण
घटनास्थल पुग्न सकेको छैन । प्रहरी र स्थानीय
बासिन्दा प्रभावित ठाउँमा उद्धारमा खटिएका
छन् । उता, बुधबार राति ताप्लेजुङको म्याङ्खामा
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ ।
0 comments:
Post a Comment