भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । संसारभरका अनेकौं समाजमा अनौठा
अनौठा प्रचलनहरु छन् । र त्यो प्रचलन वर्षाैदेखि
चलिआएको छ ।
हाम्रो समाजमा पनि आफ्नै परम्परा प्रचलनहरु छन् ।
हाम्रो समाजमा महिलालाई सम्मान गर्ने, आदर
गर्ने प्रचलन छ । तर कुनै-कुनै समाजमा महिलालाई
पाहुना स्वागत गर्नकै लागि मात्रै प्रयोग गरिन्छ
।
भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै
श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको
औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ । यो प्रचलन
भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ ।
भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ
।
तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै
छ । भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत
गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती
पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक
भएको छ ।
रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै
गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै
श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती
बलात्कार भएको हो । साँझको समयमा कामबाट
फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए ।
आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह
भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन
गरेर निरञ्जनको घर गए । घरमा निरञ्जनकी
श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा
कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने
कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी
आएको कुरा बताए ।
र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन
दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् ।
नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर
आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए ।
त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे ।
श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि
ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती
महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले
पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी
छिन् ।
अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत
गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले
जबरजस्ती गरेका कारण उनी न्यायका लागि
प्रहरीमा गएकी हुन् । श्रीमती प्रहरी चौकी
गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी
गुरूदेवसँगै फरार भएका छन् ।
रानिया गाउँ प्रहरी चौकीले पीडित
महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार
गरेको पुष्टि भएको जनाएको छ । साथै आरोपी
विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया
अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै
जनाको खोजी गरिरहेको छ । एजेन्सी
0 comments:
Post a Comment