भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल जेठ २८ गते। बिहीबार। इश्वी
सन् २०१५ जुन ११ तारिखको राशिफल हेर्नुहोस्...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
काममा आलस्य जाग्ने र
खर्चको मात्रा बढ्ने
देखिन्छ। व्यवसायमा
लगानी बढाउनुपर्ने समय
छ। आफ्नै कमजोरीले
विवादमा परिने योग छ, सचेत रहनुहोस्।
प्रतिस्पर्धामा पनि केही कमजोर
सावित भइएला। आफन्तबाट समेत
टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने
सामान्य लाभ लिन सकिनेछ।
स्थानान्तरण र टाढाको यात्रा पनि
सम्भावना छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
व्यावसायिक काममा
राम्रै फड्को मार्न
सकिनेछ। साझेदारी र
सट्टापट्टामा विशेष
लाभ मिल्नेछ। नयाँ
जिम्मेवारी पाइएला। लामो समयदेखि
रोकिएको काम बन्नुका साथै
आम्दानीको स्रोत समेत बढ्नेछ।
पारिवारिक आवश्यकता पूर्ति होला।
श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको
उपयोगबाट विशेष फाइदा होला।
सोचेभन्दा बढी नै लाभ हुने योग छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
काममा
मातापिताको सहयोग
प्राप्त होला।
प्रतिष्ठित काम गर्ने
मौका छ। भूमि, वाहन र
पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ।
अरूका जिम्मेवारी वहन गर्नुपर्ला।
प्रतिष्ठित काम र पदको आशा
देखाउनेहरूले धोका दिन सक्छन्। शासक
वर्गबाट पनि धोका हुन सक्छ, सचेत
रहनुहोस्। पढाइलेखाइमा समय दिन
नसकिने र व्यापारमा फाइदा हुने योग
छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
धर्ममा श्रद्धा र
परोपकारमा मन जानेछ।
स्वास्थ्यमा भने
कमजोरी अनुभव हुनेछ।
सानातिना काममा
अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा
धोका हुन सक्छ। चुनौतीपूर्ण कामको
दायित्व लिनाले धेरै परिश्रमपछि न्यून
सफलता मिल्नेछ। सहयोगी जुटाउन
नसकिएला। आँटेका काम पूरा नभए पनि
आंशिक फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
बन्ने निश्चय भएको काम
अचानक बिग्रन सक्छ।
लगानी, दौडधुप, श्रम र
प्रयत्नको उचित मूल्य
नपाइने समय छ। प्राप्त
न्यून उपलब्धिले मन बुझाउन नसकिएला।
नयाँ काममा हात हाल्न केही समय
पर्खंदा राम्रो हुनेछ। गरी आएको
कामलाई भने निरन्तरता दिन सकिनेछ।
आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्,
सचेत रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
व्यापार–व्यवसायमा
लाभ हुनेछ। व्यावसाय
विस्तारका लागि
यात्रा पनि हुनेछ। सोख
पूर्तिका लागि खर्च
बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ।
प्रेमको बन्धन कसिने बेला छ। आम्दानी
प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान
पाइएला। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ
ज्ञान सिक्ने मौका आउनुका साथै
पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
अप्ठ्यारा
परिस्थितिको सामना
गर्नुपर्ला। केही
चुनौतीहरू देखिनेछन्।
अधिकार सुरक्षा गर्न
जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–
व्यवसायमा फाइदा उठाउन नसकिएला।
शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका
काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।
फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा
परिने योग भएकाले होसियार रहनुपर्ने
समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
अप्रिय समाचारले
खिन्नता बढ्नुका साथै
पढाइलेखाइमा पनि
ध्यान दिन नसकिएला।
खानपानको
असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने
देखिन्छ। व्यवसायमा धेरै फाइदा उठाउन
नसकिएला। धैर्यले काम लिने समय छ।
काममा अवरोध आउन सक्छ। सन्तान वा
अनुयायी र मातृशक्तिको सल्लाह,
सहयोगबाट काममा फाइदा उठाउन
सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
परिस्थितिअनुसार चल्न
नसक्ता अलि दुःख
पाइनेछ। मान्यजनसँग
असमझदारी बढ्न सक्छ।
विगतका निर्णयले
काममा चुनौती आउने देखिन्छ। अरूको
सुझावप्रति शंका उब्जने समय छ।
महत्वाकांक्षी योजना तत्काल
सार्वजनिक नगर्नु नै बेस होला।
परिवारजनको सहयोग लिँदा राम्रो
हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि
लाभ होला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
उद्योग तथा
व्यापारमा सामान्य
फाइदा मिल्नेछ।
सहयोगीहरूले साथ
दिनेछन् र उत्साह पनि
बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
पुरानो समस्याले केही झमेला
आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि
केही असमझदारी बढ्न सक्छ। कृषि तथा
पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा
हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ
मिल्ने योग छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
फाइदा कममात्र हुनेछ।
पठन–पाठनमा त्यति
समय दिन नसकिएला।
अरूले आलोचना
गर्नसक्छन्। तपाईंको
कमजोरीमाथि टिप्पणी हुन सक्छ।
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा
विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले
पनि त्यत्ति साथ नदेलान्। विगतको
श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट
र मानसम्मानमा आघात पुग्ने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
प्रतिष्ठित काम गर्ने
मौका छ। आत्म–
विश्वास बढ्नेछ।
विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ।
पारिवारिक जमघटमा मन रमाउनेछ। मन
पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने
योग छ। स्वादिष्ट भोजनको आनन्द समेत
पाइएला। कामबाट फुर्सद मिल्नेछ।
सहयोगीहरूले राम्रो साथ दिनेछन्।
रोकिएका काम सम्पादन हुने र नयाँ काम
पाइने योग छ।
0 comments:
Post a Comment