Home » » बिहीबार राति नेपालमा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्का

बिहीबार राति नेपालमा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : बिहीबार राति काठमाडौं उपत्यका
र मध्य नेपालका विभिन्न जिल्लामा भूकम्पको
धक्का महसुस भएको छ ।
राति ९ बजेर ५७ मिनेटमा करिब १० सेकेन्डसम्म
भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ५.३
म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
केन्द्रले जनाएको छ ।
भूकम्पले घरहरु हल्लाएपछि मानिसहरु अत्तालिँदै
घरबाहिर निस्केका छन् । भूकम्प रोकिएपछि बाहिर
निस्केका मानिस पुन: घरमा पसेका छन् ।
भूकम्पकाे धक्का काठमाडौैं उपत्यका, नुवाकोट,
सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र
नवलपरासीसम्म महसुस भएको छ । त्यसैगरी पूर्वी
नेपालमा भोजपुर र खोटाङसम्म पनि भूकम्पको धक्का
महुस भएको थियो ।
बिहीबार बिहान १० बजे पनि सिन्धुपाल्चोक
केन्द्रबिन्दु भएको भूकम्प गएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved