Home » » किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह

किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको
मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग
सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै
पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ
हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट
शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि
भरद्वाजको पीढीमा भएको हो ।तपाइँलाई एकै
गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई
थाहै होला । तर किन हुन्छ त यस्तो विवाद किन
हुँदैन एउटै गोत्रमा विवाह गर्न ?bihe
विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि,
वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् ।
यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर
चिनिन्छन् ।
विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख
गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने
उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु
हुँदैन ।
विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत
ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार
फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण
गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले ।
मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा
सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।
धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’
अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन ।
असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत
हुन्छ ।
यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन
। जानी जानी सहगोत्री विवाह गरेमा महापाप
लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved